शहरी क्षेत्रका बालबालिकामा कुपोषण समस्या बढ्दै
शहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा कुपोषणको समस्या बढी भेटिएको छ । पाल्पाका दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिकामध्ये तानसेन नगरपालिका र रामपुर नगरपालिका भित्र बढी कुपोषणका बालबालिका फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले १० स्थानीय तहका ४ हजार ८ सय ३१ जना बालबालिकाको कुपोषणको अवस्था परीक्षण गरेको थियो । रामपुर नगरपालिकामा १३ जना र तानसेन नगरपालिकामा सात जना बालबालिकामा कडा खालको कुपोषण देखिएको डा. गिरीले बताउनु भयो ।
बगनासकाली गाउँपालिकामा चार जना, निस्दी गाउँपालिकामा दुई जना, तिनाउँ र रम्भा गाउँपालिकामा एक/एक जना गरी जिल्लाभर जम्मा २८ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको उहाँले बताउनु भयो । यसरी कडा कुपोषण देखिएका बालबालिकाहरूलाई थप उपचारका लागि पुनर्स्थापना केन्द्र पठाइएको उहाँले बताउनु भयो । सामान्य खालका कुपोषण देखिएका बालबालिकाका अभिभावकहरूलाई समेत परामर्श प्रदान गरिएको डा. गिरीले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका बालबालिकामा बढी कुपोषणको अवस्था देखिएको डा. गिरीले बताउनु भयो । दैनिक पत्रु खानाका कारण यसरी कुपोषणको समसय देखिएको उहाँको भनाइ छ । पछिल्लो समय तयारी खाना, जस्तै चाउचाउ, बिस्कुट, चाउमिन, मम, लेज कुरकुरे जस्ता खानेकुरा बालबालिकालाई खुवाउँदा कुपोषणको समस्या बढेको उहाँले उल्लेख गर्नुभयो । कुपोषणको सुधारका लागि परम्परागत र घरमै बनाएका खानेकुरा, हरियो सागपात, फलफूल बालबालिकालाई खुवाउनुपर्ने डा. गिरीले बताउनु भयो ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…