शसस्त्र प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा नौ जना घाइते
प्रस्तावित अपर तामाकोशी जलाविधुत आयोजनाको लप्सीफेदी सब स्टेशन निर्माणका लागि अस्थायी क्याम्प खडा गर्न खटिएको सशस्त्र प्रहरी र सब स्टेशन निर्माणको विपक्षमा रही आन्दोलित स्थानीयबीच शंखरापुर नगरपालिका-३, बोझेनीमा ०८० मङ्सिर १ गते झडप हुँदा ६ जना स्थानीय, सशस्त्र प्रहरीका डिएसपी देवराज राईसहित दुई जना र नेपाल प्रहरीका एक जवान घाइते भएका छन् । त्यसैगरी प्रहरीले झडपमा संलग्न भएको भन्दै चार जनालाई गिरफ्तार समेत गरेको छ ।
सशस्त्र प्रहरीसँगको झडपमा परी घाइते हुनेहरूमा शंखरापुर नगरपालिका-३, बोझेनीका ३२ वर्षीय सचिव तामाङ, शंखरापुर नगरपालिका-३, बोझेनीकी ४६ वर्षीया तिउरी तामाङ, शंखरापुर नगरपालिका-३, बोझेनीका ४० वर्षीय मान बहादुर तामाङ, शंखरापुर नगरपालिका-३, बोझेनीकी ४८ वर्षीया संचिमाया तामाङ, शंखरापुर नगरपालिका-३, बोझेनीका ३६ वर्षीय फुर्साङ लामा र शंखरापुर नगरपालिका-३, बोझेनीका ३३ वर्षीय मनोज तामाङ रहेका छन् । घाइतेहरू साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारपश्चात डिस्चार्ज भएको राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान (समान) नेपालका प्रवक्ता आरके तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।
स्थानीयसँगको झडपमा परी सशस्त्र प्रहरीका डिएसपी देवराज राईसहित दुई जना र नेपाल प्रहरीका एक जवान घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले जानकारी दिनुभयो । घाइते सुरक्षाकर्मीहरूको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी ढुङ्गेलले बताउनु भयो ।
त्यसैगरी प्रहरीले सब स्टेशन निर्माणको सुरक्षार्थ अस्थायी क्याम्प निर्माण गर्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा शंखरापुर नगरपालिका-३ का ३६ वर्षीय जयमान जयमान वाईवा, शंखरापुर नगरपालिका-३ का ४५ वर्षीय हर्कमान वाईवा, शंखरापुर नगरपालिका-३ का ४२ वर्षीय सुकबहादुर वाईवा, शंखरापुर नगरपालिका-३ का २६ वर्षीय सुर्यमान तामाङलाई गिरफ्तार समेत गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएको हो । गिरफ्तारीमा परेका चारै जनालाई अनुसन्धानका लागि प्रहरी वृत्त, बौद्धमा राखिएको एसपी ढुङ्गेलले जानकारी दिनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…