शरीर बन्धक घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई शरीर बन्धक बनाएको आरोपमा महाङ्काल गाउँपालिका-३, गोटिखेलका २० वर्षीय सुमन न्यासुरलाई ०८० असार २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ललाइ फकाइ प्रलोभनमा पारी विवाह गर्ने आश्वासन दिइ महाङ्काल गाउँपालिका-६, ठुलादुर्लुङस्थित बुद्ध ठोकरको घरमा लगी असार २२ गतेदेखि शरीर बन्धक बनाएर राखेको भन्दै पीडित पक्षले असार २४ गते प्रहरी वृत्त, चापागाउँमा उजुरी दिएको थियो ।
पीडित परिवारको उजुरीपछि खोजी गरी आरोपित न्यासुरलाई ठुलादुर्लुङबाट गिरफ्तार गरिएको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २६ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।
जिल्ला अदालतबाट असार २७ गते पाँच दिनको म्याद थप गरी शरीर बन्धक मुद्दामा अनुसन्धान भइरहेको एसपी एवम् प्रवक्ता नवराज कार्कीले बताउनु भयो ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका–२ का ४० वर्षीय धर्मराज यादवलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १८ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका-२, खोलबाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको…
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा…
बेनिघाटका १० र गजुरीका १३ विद्यायमा पहिरोले क्षति
लगातारको वर्षा र त्यपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई…