शरीर बन्धक घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता
कमलामाई नगरपालिका-४, ढकाल गाउँकी ३८ वर्षीया शारदा थापालाई चार दिनसम्म बन्धक बनाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ६२ वर्षीय एक्कबहादुर खड्का, ३९ वर्षीय मिलन देवकोटा, ३४ वर्षीय निकेश ढकाल, ४२ वर्षीय विष्णु कुमार ढकाल, ३८ वर्षीय इश्वर पोखरेल, ५२ वर्षीय वीर विक्रम ढकाल र पीडितका पति ४२ वर्षीय सन्तोष थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० पुस ११ गते उजुरी दर्ता भएको छ ।
पीडित महिलालाई चार दिनसम्म बन्धक बनाई कुटपिट गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो ।
इन्सेक अनलाइनमा पुस १० गते 'बन्धक बनाई कुटपिट घटनाका आरोपितहरू गिरफ्तार' शीर्षकमा समाचार प्रकाशन भएको थियो । पीडित महिलाले पुस ५ गते रातिदेखि आफूलाई बन्धक बनाएको, खाँबो र बिजुलीको पोलमा डोरीले बाँधी कुटपिट गरेको बताउनुभएको छ ।
आरोपितहरूले शरीर बन्धक बनाई कुटपिट गरी रहेको अवस्थामा पुस ८ गते दिउँसो एसपी सिलवालले घटना स्थलबाट पीडितलाई अर्धचेत अवस्थामा उद्धार गर्नुभएको थियो । पीडितको सिन्धुली अस्पतालमा उपचारपछि पुस ९ गते सेफ हाउसमा राखिएको छ ।
शारदाका पति सन्तोषले आफूहरूले स्थानीयसँग १ करोड २५ लाख रुपियाँ ऋण लिएको बयान दिएको एसपी सिलवालले बताउनु भयो । उक्त बयान अनुसार थापा दम्पतीले काठमाडौँमा जग्गा किन्ने क्रममा ऋण लिएको र उनीहरूले ऋण तिर्न नसकेको एसपी सिलवालले इन्सेकलाई जानकारी दिनुभयो ।
एसपी सिलवालका अनुसार पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…