शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षद्वारा प्रहरीमा उजुरी
हरिनगर गाउँपालिका-३ गौतमपुरकी २१ वर्षीया रूवीकुमारी साहको शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएको छ ।
पीडित पक्षले रूवीकुमारीको हत्या भएको आरोपमा हरिनगर गाउँपालिका-३ का २५ वर्षीय पति भीम साह र ३५ वर्षीया जेठानी समतोलिया साहविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो ।
घरायसी विवादका क्रममा ०८१ कात्तिक ९ गते रूवीकुमारीले विष सेवन गरेको र विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा रूवीकुमारीको कात्तिक १४ गते मृत्यु भएपछि माइती पक्षले आत्महत्या नभइ हत्या भएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो
भोक्राहा नरसिंह गाउँपालिका-३ माइती भएकी रूवीले भीम साहसँग ०८० वैशाख १२ गते प्रेम विवाह गरेको र विवाह भएको केही समयपछि पति भीमको भाउजुसँगको अनैतिक सम्बन्धका बारेमा कुरा उठाउँदा विष सेवन गराइ हत्या गराएको मृततकी ४२ वर्षीया आमा ललितादेवी साहले बताउनु भयो ।
“छोरी रूवीसँग कात्तिक ९ गते फोनमा कुराकानी भएको र चार महिनाको गर्भवती भएको कुरा पति भीमलाई सुनाउँदा गर्भपतन गर्न दवाब दिएको कुरा” सुनाएको आमा ललितादेवी साहले बताउनु भयो । छोरीसँग कुरा भएकै दिन दिउँसो १२ बजे रूवीले विष सेवन गरी आत्महत्या गरेको प्रयास गरेको भनि ज्वाईँबाट फोन आएकाले छोरीले आत्महत्या नगरी हत्या गरिएको ललितादेवी साहले बताउनु भयो ।
घटनाका विषयमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद तिम्सिनाले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा कात्तिक १४ गते गरिएको छ । पीडित पक्षले सोही दिन शव बुझी कात्तिक १६ गते हरिनगर गाउँपालिका-३ मा सद्गत गरेको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…