शङ्कास्पद मृत्यु घटनाका आरोपित गिरफ्तार
लिमचुङबुङ गाउँपालिका-३ बाराहा पिप्लेकी २० वर्षीया निङमा याङजी शेर्पाको शङ्कास्पद मृत्यु भएको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले निङमाका २४ वर्षीय पति क्षेत्र भुजेललाई असोज २८ गते गिरफ्तार गरी अनुसन्धान सुरू गरेको छ ।
निङमाले आत्महत्या गरेको नभइ हत्या गरिएको आरोपमा पीडित पक्षले २४ वर्षीय पति क्षेत्र भुजेलविरूद्ध जिल्ला प्रहरी कार्यालयमा असोज २८ गते आत्महत्या दुरूत्साहन दिएको आरोपमा किटानी उजुरी दिएको छ ।
छोरीज्वाईँ दशैँको टीकाको दिन ०८१ असोज २६ गते माइत ससुराली आएको र असोज २७ गते निङमाले आत्महत्या गरेको घटना शङ्कास्पद भएकाले ज्वाईँ क्षेत्र भुजेलविरूद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरूत्साहन दिएको आरोपमा किटानी उजुरी दिएको मृतकका बाबु गञ्जु शेर्पाले बताउनु भयो ।
दशैँको टीका लगाएर असोज २७ गते छोरीज्वाईँ घरफर्किएको र असोज २७ गते छोरीले आत्महत्या गरेको भन्ने घटना शङ्कास्पद भएको बाबु गञ्जु शेर्पाले बताउनु भयो ।
निङमाले झुण्डिएर आत्महत्या गरेको र आफूूले देख्ने बित्तिकै बचाउन सकिन्छ भनेर डोरी काटेको बयान प्रहरीमा आरोपित क्षेत्र भुजेलले दिएका कारण घटना शङ्कास्पद भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन चापागाईँले बताउनु भयो ।
प्रेम सम्बन्धमा रहेका निङ्मा र क्षेत्रबिच सामाजिक परम्परा अनुसार ०८१ जेठ १० बिवाह गराइ दिएको मृतकका बाबु गञ्जु शेर्पाले बताउनु भयो ।
ज्वाईँ वैदेशिक रोजगारीमा गएर केही समयअघि घर आएको र बेलाबेला छोरीसँग झगडा गर्ने गरेको छोरीले सुनाएको बाबु गञ्जु शेर्पाले बताउनु भयो ।
घटनाका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्र हत्या वा आत्महत्या हो स्वतन्त्र पुष्टि हुने डिएसपी राजन चापागाईँले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा असोज २९ गते गरिएको छ ।
पीडित पक्षले असोज २९ गते शव बुझी लिमचुङबुङ गाउँपालिका-३ मा सद्गत गरेको छ ।
राकेश नेपाली
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…