शंखरापुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा ६ जना घाइते, दुई जना गिरफ्तार

  ०७९ पुस २९ गते

काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको सबस्टेशनको काम रोक्नुपर्ने माग गर्दै आन्दोलित स्थानीय र प्रहरीबीच ०७९ पुस २८ गते झडप   हुँदा ६ जना घाइते भएका छन्  ।  

प्रहरीसँगको झडपमा परी घाइते  हुनेहरूमा शंखरापुर नगरपालिका–३ की ६५ वर्षीया आईती तामाङ३३ वर्षीया मनमाया वाईवा तामाङ२८ वर्षीया विजय तामाङ३१ वर्षीया माया तामाङ४५ वर्षीया तुलाराम तामाङ र खोटाङका ३६ वर्षीय आरके तामाङ रहेका छन् ।  

घाइते हुनेमध्ये विजय तामाङको हातमा चोट लागेकाले नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारपछि घर फर्किएको र अन्य घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र साँखुमा उपचार भएको राष्ट्रिय सीमान्तिकारण विरुद्ध अभियान नेपालका प्रवक्ता आरके तामाङले बताउनुभयो । 

त्यस्तै प्रहरी गिरफ्तारीमा पर्नेहरूमा शंखरापुर नगरपालिका–३ का ३३ वर्षीय रोहन वाईवा र सोही स्थानका ३६ वर्षीय फुर्साङ तामाङ रहेका छन् । गिरफ्तारीमा परेकाहरूलाई प्रहरीले इलाका प्रहरी कार्यालय साँखुमा राखेको तामाङले बताउनु भयो  ।  


विमल पौडेल