व्यास नगरपालिकामा एक महिना भित्र पुनः मतगणना गर्न उच्च अदालतको आदेश
उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा एक महिना भित्रमा पुनः मतगणना गर्न आदेश दिएको छ ।
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले पुनः मतगणनाको माग गर्दै ०७९ जेठ १२ गते उच्च अदालत पोखरामा दिनुभएको मुद्दामा अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको ०८१ जेठ १ गतेको इजलासले पुनः मतगणना गर्न आदेश दिएको उच्च अदालत पोखराका उपरजिष्ट्रार रामबहादुर थापाले बताउनु भयो ।
सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपाने २ सय ५२ मतान्तरले विजयी हुनु भएको थियो । न्यौपानेले १२ हजार ७८ र एमालेको समर्थनमा उम्मेदवार बन्नु भएका जोशीले ११ हजार ८ सय २६ मत पाउनु भएको थियो ।
जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर आफूलाई हराएको भन्दै पुनः मतगणनाको माग गर्दै मुद्दा दर्ता गराउनुभएको थियो ।
उच्च अदालतले रजिष्ट्रार अच्युत कुईकेलको संयोजनमा पुनः मतगणनाको लागि आवश्यक कर्मचारी उपलब्ध गराउन समेत आदेश दिएको उपरजिष्ट्रार थापाले बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…