व्याजमा लिएको ऋण तिर्न दबाब दिँदै यौन शोषण गरेको पीडितको आरोप
व्याजमा लिएको ऋण तिर्न दबाब दिदैँ चार वर्षयता यौन शोषण गर्दै आएको ४१ वर्षीया पीडित महिलाले बताउनु भएको छ ।
थुलुङ दूधकोशी गाउँपालिका–९ का ६८ वर्षीय खड्गबहादुर राईले ०७३ असार २ गतेदेखि यौन शोषण गर्दै आएको पीडितले चैत १४ गते सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो ।
पीडितले पत्रकार सम्मेलनमा भन्नुभयो–“आर्थिक अवस्था कमजोर भएका कारण छिमेकी खड्गबहादुरसँग ०७३ असार २ गते ६ हजार रुपियाँ ऋण लिएँ, त्यही दिनदेखि खड्गबहादुरले मलाई बलात्कार र यौन शोषण गरे ।”
व्याज तिर्ने शर्तमा ऋण लिएको भएपनि खड्गबहादुरले असार २ गतेदेखि ज्यान मार्ने धम्की दिँदै घरमा श्रम गर्न बोलाउने र काम सकिएपछि यौन शोषणा गर्ने गरेको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो ।
पीडितले पत्रकार सम्मेलनमा भन्नुभयो–“घाँस काट्ने,कोदो र धान रोप्ने काम गरेर थकान भएको अवस्थामा खड्गबहादुरले बलात्कार गर्थे, कसैलाई भने मारीदिने धम्की दिन्थे ।”
खड्गबहादुरले बोलाएको बेला नगएको अवस्थामा खड्गबहादुर घरमै आएर बलात्कार गर्ने र मार्ने धम्की दिने गरेका कारण आफू चुप लागेर बस्न बाध्य भएको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो ।
७० वर्षीय पति गोठमा गएको अवस्थामा खड्गबहादुर घर आएर बलात्कार गर्ने र ०७५ सालदेखि दैनिक रूपमा खड्गबहादुरले यौन शोषण गरेको पीडितले बताउनु भयो ।
घटनाका बारेमा पतिलाई भनेपछि खड्गबहादुरका घरमा काम गर्न नजाने पति पत्नीबिचमा सल्लाह भएपनि खड्गबहादुरले दिनहुँ ऋण तिर्न दबाब दिने गरेको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो ।
पीडितले पत्रकार सम्मेलनमा खड्गबहादुरले गाउँका अन्य छोरी मान्छेलाई धम्की दिँदै बलात्कार गर्दै आएको बताउनु भयो ।
छिमेकी सबैलाई धाकधम्की दिने खड्गबहादुरदेखि गाउँले सबै डराउने गरेको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो ।
आफूहरू पनि असुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पीडितले पत्रकार सम्मेलनमा बताउनु भयो ।
अन्तरपार्टी महिला सञ्जालको सहयोगमा फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा आरोपित खड्गबहादुरविरूद्ध बलात्कार शीर्षकमा उजुरी दर्ता भएको छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई फागुन १७ गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
जिल्ला अदालत न्यायाधीश महेन्द्रराज काफ्लेको चैत ११ गतेको आदेशले आरोपितसँग १ लाख २० हजार रुपियाँ धरौटी माग गर्ने आदेश दिएको छ ।
अदालतले पीडित पक्षलाई बयानका लागि नबोलाइ आरोपितलाई धरौटीमा रिहा गरेपछि आफूहरूले न्याय नपाउने अवस्था रहेको पीडितले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
आरोपित खड्गबहादुरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा आफूले कोही कसैलाई बलात्कार र यौन शोषण नगरेको बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १७ गते गरिएको छ ।
भोजराज कार्की
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १५ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…