व्यवहारमा विभेद कायमै-अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले नेपालका कानुनहरूमा विभेद नभए पनि व्यवहारमा अझै विभेद कायम रहेको बताएका छन् ।
इन्सेकको आयोजनामा ०७३ पुस १३ र १४ गते धुलिखेलमा आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्याकुरेलले विभेदहरूलाई हटाउनका लागि लागिपरेका भनेकै मानव अधिकार रक्षकहरू भएकाले अझै सक्रिय ढङ्गले लाग्न सुझाए ।
मानव अधिकार रक्षाका लागि मन, वचन र कर्मले निडरताका साथ लागि पर्ने व्यक्ति नै मानव अधिकार रक्षक भएको बताउँदै प्याकुरेलले मानव अधिकारसँग सम्वन्धित अन्तर्राष्ट्रिय कानुनहरूले अधिकार र कर्तव्यलाई सँगै लगेको स्मरण गराए ।
मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेलाले मानव अधिकार रक्षकहरूलाई काम गर्दा आइपरेका चुनौतीहरूका विषय निर्क्याेल गर्ने विश्वास व्यक्त गर्दै मानव अधिकार आयोगमा मानव अधिकार डेक्सको स्थापना र मानव अधिकार रक्षकहरूलाई परिचय-पत्र प्रदान गर्नका लागि उनले सुझाए ।
भेलाको उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानव अधिकार रक्षकहरूलाई निशाना बनाउने गरिएको विषय मानव अधिकार आयोगमा पनि आउने गरेको बताए । उनले सरकारले गरेका काम कारबाहीको मात्र अनुगमन गर्ने नभएर मानव अधिकार रक्षकहरूले आयोगका काम कारवाहीको अनुगमन गर्नुपर्ने उल्लेख गर्दै मानव अधिकार रक्षकहरूका लागि मस्यौंदा गरिएको विधेयक संसदको कुन कुनामा पुग्यो ? खोजी गर्न सुझाए ।
नेपाल प्रहरी मानव अधिकार शाखाका प्रमुख एसपी श्याम ज्ञवालीले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा नेपाल प्रहरी जहिले पनि अग्रपङ्तिमा रहेको बताए ।
'अपराध, ज्यादती र मानव अधिकार उल्लङ्घनका विषयलाई गोलमटोलमा प्रस्तुत गरेर कहिले काँही साँच्चिकै प्रहरीले गलत गरेको हो कि जसरी प्रस्तुत गरिन्छ, तर मानव अधिकार उल्लङ्घनका सवालमा संस्था भन्दा पनि प्रहरी स्वयम् कारबाहीको भागिदार हुन्छ'-एसपी ज्ञवालीले थपे ।
इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले जिम्मेवारी पूरा गर्ने सिलसिलामा मानव अधिकार रक्षकहरू प्रायःजसो जोखिममा रहने भएकाले इन्सेकबाट हुँदै आएका यस्ता भेलाले भोगाइ, अनुभव र समस्याहरूका सवालमा अनुभव आदान-प्रदान हुने बताए । इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले सशस्त्र द्वन्द्वका समयमा ४८ ओटा संस्थाको तर्फबाट शान्तिका लागि नागरिक सञ्जाल बनाएर मानव अधिकारको क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै सङ्गठित भएर काम गरियो भने मानव अधिकार रक्षकहरूमा उत्साह बढ्ने बताए ।
इन्सेक केन्द्रीय कार्यालयका मदन पौडेलले मानव अधिकार रक्षकहरूले आफूले संविधानको पालना गर्दै कर्तव्य निर्वाह गर्नुपर्ने बताए । मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणका सयन्त्रहरूका विषयमा इन्सेक केन्द्रीय कार्यालयकी सम्झा श्रेष्ठले जानकारी दिएकी थिइन । उक्त भेलामा अधिवक्ता टिकाध्वज खड्काले नेपालको संविधानमा भएका मौलिक अधिकारका बारेमा छलफल गरेका थिए ।
भोजराज तिमल्सिना
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…