व्यवस्थापनमा समस्या हुँदा कैदीबन्दीलाई सास्ती
‘ग’ श्रेणीको जिल्ला कारागारको व्यवस्थापनमा समस्या हुँदा कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ भने कारागार भवन जिर्ण अवस्थामा रहेकोले कैदीबन्दीहरुको सुरक्षाको चुनौती समेत बढ्दै गएको छ ।
२०३७ सालमा निर्माण गरिएको जिल्ला कारागार पुरानो भएर वर्षातमा चुहिने र हिउदमा हिउले अत्याधिक चिसो भएर कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ ।
२५ जना क्षमता भएको जीर्ण भवनमा ४५ जना कैदी र १७ जना थुनुवा गरी ६२ जनालाई राख्नु पर्दा व्यवस्थापनमा समस्य भइरहेको जिल्ला कारागारका जेलर हंसबहादुर बोहोराले बताउनु भयो । ।
पुरानो जीर्ण अवस्थामा रहेको कैदीबन्दी गृहमा सुरक्षाका लागि समेत चौनौती पूर्ण रहेको जेलर बोहोराले बताउनु भयो ।
उहाँले भन्नु भयो– एक जना अहेबको दरबन्दी रहेकोमा त्यो पनि रिक्त छ । कैदीबन्दीको उपचारमा समेत समस्या हुने गरेको छ । कारागारमा दुई जना दिर्घरोगी छन । स्वास्थ्यकर्मी नहुँदा सामान्य विरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला अस्पताल लैजानु पर्ने भएकोले सुरक्षाको समेत चुनौती थपिएको छ ।
कैदीबन्दी राखिएको भवन जीर्ण हुर्दा चिसोले बिरामी हुन थालेको बन्दी जिवन बिताइ राख्नु भएका ओकेन्द सिंहले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दमको बिरामी छु । नियमिति औषधि सेवन गर्नु पर्छ । कारागारमा स्वास्थ्यकर्मी पनि छैनन् । जीर्ण भवनमा क्षेमता भन्दा झण्डै दोब्बर बढी कैदीबन्दी राखिएको छ । कोठामा कोचिएर बस्नु पर्ने र शौचालयमा समेत लाइन बस्नु पर्ने बाध्यता छ ।’
जिल्ला कारागारमा आठ जना कर्मचारीको दरबन्दी रहेकोमा तीन जना कर्मचारी मात्रै कार्यरत रहेकोले व्यवस्थापनमा थप समस्या उत्पन्न भएको जेलर बोहराले बताउनु भयो ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…