व्यवसायी श्रेष्ठको हत्या घटनाका आरोपित माओवादी नेता गिरफ्तार
काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर निवासी व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा १५ वर्षपछि कालीबहादुर खामलाई प्रहरीले ०८० चैत २० गते गिरफ्तार गरेको छ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व लडाकुसमेत रहेका खामलाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको हो ।
व्यपारी श्रेष्ठलाई ०६५ वैशाख १५ गते माओवादीका लडाकु खमसहित केशव अधिकारी, गङ्गाराम थामा र गोविन्दबहादुर बटलासहितले अपहरण गरी चितवनको शक्तिखोरस्थित माओवादी शिविरमा लगि कुटपिट गरेको र हत्यापछि वैशाख २८ गते नारायणी नदी किनारमा फालेको आरोपमा श्रेष्ठकी पत्नीले सर्वोच्च अदालतमा उजरी दिएकी दिनु भएको थियो । खाम तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर थिए ।
जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले उक्त मुद्दाको फैसला २०६८ जेठ १७ गते गरेको थियो । सो फैसलामा अदालतले बटालालाई तीन वर्ष र अन्य आरोपित फरार भएकोले मुद्दा मुल्तविमा राखेको थियो ।
मुद्दा चलेदेखि नै खाम अदालतमा उपस्थित भएका थिएनन् । प्रहरीको फरार सूचीमा रहेका खामलाई माओवादी केन्द्रले केन्द्रीय विभागको सदस्य बनाएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, काठमाडौँ
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…