वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई झुक्याएर विवाह गरी दुई वर्षदेखि बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी महादेवा गाविस–४ घर भई इटहरी उमनपा–१ मा बस्ने ४९ वर्षीय पञ्चदेव (खंग) मण्डललाई कात्तिक १० गते गिरफ्तार गरेको छ ।
पत्नी र दुई जना सन्तान हुँदाहुँदै आफूलाई झुक्याएर विवाह गरी २ वर्षदेखि शारीरिक तथा मानसिक यातना दिई शोषण गरेको आरोपमा पीडित महिलाले प्रहरीमा कात्तिक ९ गते उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
पहिलो पत्नीबाट दुई जना सन्तान भएपछि परिवार नियोजनसमेत गरिसकेका आरोपितले झुक्याएर विवाह गरी कान्छी पत्नी भनेर समाजमा देखाएपनि कामदारका रूपमा राखेर बलात्कारका साथै शारिरीक तथा मानसिक यातना दिने गरेको पीडितले आरोप लगाएकी छन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १० गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनाएको छ ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…