वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया पत्नीलाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–१ चम्फापुरका ३९ वर्षीय पति गंगादत्त भट्टलाई ०८१ जेठ १९ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरी पतिले दिनहुँ गालिगलौज गर्ने, खानलाउन नदिई घर निकाला गर्ने र कुटपिट गर्ने गरेको कारण विगत चार महिनादेखि नाबालक छोरी सहित भिमदत्त नगरपालिका–३ भाँसीस्थित कोठा भाडाँमा लिई मजदुरी गरी बस्दै आएकोमा जेठ १८ गते बच्चा भेट्ने निहुँमा कोठामा आएर जबरजस्तीकरणी गरेपछि जेठ १९ गते प्रहरीमा उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो ।
पीडित महिलालाई आरोपित पतिले मादक पदार्थ सेवन गरी लामो समयदेखि कुटपिट गर्ने, अपशब्द बोल्ने, हातपात गर्ने र घर निकाला गरीे मानसिक यातना दिने गरेको अल्पकालिन सेवा केन्द्रकी संयोजक मञ्जु केसीले बताउनु भयो ।
पीडितले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका हवल्दार सपना ऐरले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २० गते महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरमा गरिएको थियो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…