वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–५ का २६ वर्षीय पति रवि ओडलाई ०८१ वैशाख २७ गते गिरफ्तार गरेको छ ।
वैवाहिक बलात्कार गरेको भन्दै २६ वर्षीय पति ओडविरुद्ध महिलाले ०८० चैत २० गते ईलाका प्रहरी कार्यालय, झलारीमा उजुरी दिनुभएको भए पनि त्यससमयमा आरोपित ओड विदेश भ्रमणमा रहनुभएको र स्वदेश फर्किए लगत्तै उहाँ जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका इन्स्पेक्टर आनन्द चन्दले बताउनु भयो ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आरोपित ओडमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेश जोशीले बताउनु भयो ।
२०७५ सालमा गायन रियालिटी सो नेपाल आइडल सिजन–२ का विजेता समेत रहनुभएका आरोपित ओड र पीडित महिला बीच ०८० चैत १४ गते विवाह भएको डिएसपी जोशीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८० चैत २१ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको थियो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित…
यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद…
बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले…