वैवाहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१ बाराकुण्डाका ३० वर्षीय पति धनजित विष्टलाई ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०८० कार्तिक महिनदेखि पटकपटक गालिगलौज तथा कुटपिट गरी शारीरिक यातना दिँदै इच्छा विपरीत बलात्कार गरेपछि आरोपितविरुद्ध वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा लिखित उजुरी दिएको पीडितले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएर पतिले कुटपिट गर्ने, राति सुतिरहेको अवस्थामा हातखुट्टा बाधेर जबरजस्तीकरणी गरी भिडिओ बनाई सार्वजनिक गर्ने लगायतका यातना दिएको कारण ज्यानको सुरक्षा गरीपाउँ भनेर वैशाख १९ गते जिल्ला प्रहरी कर्यालयमा उजुरी दिएको पीडित महिलाको भनाइ छ ।
पीडितले दिएकाे उजुरीका आधारमा आरोपितलाई वैशाख १८ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १९ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।
पीडित महिलालाई महेन्द्रनगरस्थित अल्पकालिन सेवा केन्द्रमा राखेर न्यायका लागि पहल भइरहेको सेवा केन्द्रका संयोजक मञ्जु केसीले बताउनु भयो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
देबाही गोनाही नगरपालिका–३ देबाही टोलका ७० वर्षीय कञ्चन बैठामाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका आरोपित निजका छोरा ३० वर्षीय रविन बैठाविरुद्ध प्रहरीले इलाका प्रहरी कार्यालय गरुडाम ०८१ मङ्सिर…
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…