वैध-प्रकाश मानव अधिकार पुरस्कारबाट दास सम्मानित
मानव अधिकार तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका सप्तरीको राजविराज नगरपालिका-५ का ७३ वर्षीय हित नारायण लाल दास साउन १६ गते वैद्य-प्रकाश मानव अधिकार पुरस्कार-२०७९ बाट पुरस्कृत हुनुभएको छ।
वैद्य-प्रकाश मानव अधिकार पुरस्कार कोषले राजविराजमा ३०औं प्रकाश स्मृति दिवसका अवसरमा आयोजना गरेको एक समारोहका बिच दासलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।
महिला, बालबालिका, ज्येष्ठ नागरिकको हक अधिकार र जागरणका लागि योगदान पुर्याएबापत उहाँलाई पुरस्कारस्वरुप ५ हजार १ सय रुपियाँ, सम्मान-पत्र तथा दोसल्ला प्रदान गरिएको छ ।
दासलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले कदरपत्र, मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री रुबी कर्णले दोसल्ला र कोषका अध्यक्ष वैद्यनाथ झाले नगद पुरस्कार प्रदान गर्नु भयो ।
पाँच दशकअघि शिक्षण पेशाबाट सार्वजनिक जीवन सुरु गर्नुभएका दास हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि कटिबद्ध हुनुहुन्छ ।
बाल मन्दिर राजविराजमा २३ वर्षसम्म अध्यापन गर्नुभएका उहाँले विभिन्न गैरसरकारी संस्थामा कुशल व्यवस्थापक, संयोजक, प्रशिक्षक भई पछाडि पारिएका वर्गहरूका माझ चेतना जगाउने अभियानमा देखाउनु भएको क्रियाशिलता उत्साहजनक छ ।
सामुदायिक सेवा केन्द्रमा २०६३ सालदेखि आबद्ध रही २०७३ सालदेखि केन्द्रको कुशल नेतृत्व गर्दै दासले बालबालिकाको चेतना, मानव अधिकारका साथै लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नुभएको छ ।
समाजमा विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन गर्ने अदम्य साहसका साथ महिला, बालबालिका, ज्येष्ठ नागरिक र पछाडि पारिएका समुदायलाई सङ्गठित गर्दै आउनु भएका उहाँले ती समुदायमा जागरण ल्याउन गर्नुभएको हरसम्भव प्रयास उत्साहजनक छ ।
सदैव गतिशील, जागरुक, उत्सुक, उत्साहित दासले युवा उमेरले होइन गुणले हुन्छ भनेर पुष्टि गर्दै धेरै जनाको प्रेरणा पुञ्ज बन्नु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ठाकुरले सबैखाले विभेद कानुन विपरित, अनैतिक र दण्डनीय भएकाले मानव अधिकारको आवाजलाई बलियो बनाउन जरुरी रहेको बताउनु भयो ।
मानवको मर्यादित जीवन, स्वतन्त्रता, र सम्मानका लागि सबैले आ-आफ्नो झेत्रबाट भूमिका निर्वाह गर्न जरुरी रहेको उहाँले बताउनु भयो।
पुरस्कारलाई प्रदेश स्तरमा विस्तार गर्न सुझाव दिनुहुँदै उहाँले पुरस्कार कोषमा २५ हजार रुपियाँ प्रदान गर्ने घोषणा गर्नु भयो ।
कार्यक्रममा प्रदेश राज्य मन्त्री रुबी कर्णले केही पाउनका लागि नभई पछाडि पारिएका दलित, महिला, अल्पसङ्ख्यकको लागि आफ्नो सीप, झमता र स्रोत समर्पण गर्न आवश्यक रहेको बताउनु भयो ।
पुरस्कृत दासले प्राप्त पुरस्कार रकम सामुदायिक सेवा केन्द्रलाई दिने घोषणा गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण मण्डल, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई, राष्ट्रिय मानव अधिकार आयोगका मधेस प्रदेश प्रमुख बीरबहादुर मगर, इन्सेक मधेस प्रदेशका सँयोजक राजु पासवान, एकल महिला समूहकी मधेस प्रदेश अध्यक्ष अनिता देवकोटा, नागरिक समाजका अध्यक्ष थानसिँह भन्साली, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देव, पूर्व राष्ट्रिय कर्मचारी परिषद्का सँस्थापक अध्यक्ष रामनरेश सिँह, प्राचार्य बिजयानन्द झालगायतले मन्तव्य व्यक्त गर्नु भयो ।
थाइ एयरबसको विमान ०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा दुर्घटना परी निधन हुनु भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा प्रत्येक वर्ष सप्तरीमा रहेर मानव अधिकार तथा नागरिक आन्दोलनमा सक्रिय व्यक्तिलाई पुरस्कृत गरिदै आएको कोषले जनाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा '२१ औँ प्रकाश मानव अधिकार पुरस्कार'बाट सम्मानित राजविराज नगरपालिका-७ का वैद्यनाथ झाले प्राप्त गर्नु भएको नगद रु. ५० हजारबाट स्थापना गरिएको वैद्य-प्रकाश मानव अधिकार पुरस्कारबाट २०७३ सालमा बलदेव राम, २०७४ सालमा युक्तिलाल मरिक, २०७५ सालमा असर्फी सदा, २०७६ सालमा मनोहरकुमार पोखरेल, २०७७ सालमा रुबी कर्ण, २०७८ सालमा अनिता देवकोटा सम्मानित हुनुभएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…