वैद्य–प्रकाश मानव अधिकार पुरस्कार दासलाई
शैक्षिक र सामाजिक जागरणको अभियानमा अविचलित रही योगदान पुर्याएको भन्दै राजविराज नगरपालिका–५ का हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको छ ।
वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको राजविराजमा सम्पन्न बैठकले २०७९ का लागि सामुदायिक सेवा केन्द्रका अध्यक्ष ७३ वर्षीय दासलाई सम्मानित गर्ने निर्णय गरेको कोषका संस्थापक बैद्यनाथ झाले जानकारी दिनु भयो ।
पाँच दशकअघि शिक्षण पेशाबाट सार्वजनिक जीवन सुरु गर्नु भएका दास हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको चेतना अभिवृद्धिका लागि निरन्तर कटिबद्ध र क्रियाशील हुनुहुन्छ ।
बाल मन्दिर राजविराजमा २३ वर्षसम्म अध्यापन गर्नु भएका उहाँले विभिन्न गैरसरकारी संस्थामा कुशल व्यवस्थापक, संयोजक, प्रशिक्षक भई पछाडि पारिएका वर्गहरूका माझ चेतना जगाउने अभियानमा देखाउनु भएको क्रियाशीलता तथा बालबालिकाको चेतना, मानव अधिकारका साथै लैङ्गिक हिंसा र लागु पदार्थविरुद्धको जागरण अभियानमा प्रशंसनीय योगदान गर्नु भएकोले सम्मान गर्न लागिएको हो ।
नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ विमान दुर्घटनामा निधन हुनुभएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा आगामी साउन १६ गते राजविराजस्थित नेपाल पत्रकार महासङ्घको भवनमा सम्मानको कार्यक्रम गरिने भएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहीर ठाकुरले सम्मानपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित राजविराज नगरपालिका–७ का वैद्यनाथ झाले प्राप्त गर्नु भएको नगद ५१ हजार रुपियाँबाट स्थापना गरिएको कोषमा झाकी आमा चन्द्रादेवी झाले ज्येष्ठ नागरिकका हैसियतले पाउनु भएको सामाजिक सुरक्षा बापतको ५० हजार रुपियाँ र अन्य ३० हजार रुपियाँ जम्मा गरी कोषको रकम १ लाख ३१ हजार रुपियाँ पुगेको छ ।
यो पुरस्कार २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागारिक आन्दोलनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको कोषले जनाएको छ । पुरस्कारस्वरुप नगद ५ हजार १ सय रुपियाँ, सम्मान–पत्र तथा दोसल्ला प्रदान गरिने छ ।
यो पुरस्कारबाट २०७३ सालमा चमार आन्दोलन र भूमि अधिकार अभियन्ता सुरुङ्गा नगरपालिका–४ मधुपटी कनकपुरका बलदेव राम, २०७४ सालमा दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातिको आन्दोलनको अभिन्न अङ्गको रुपमा स्थापित छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक सम्मानित हुनु भएको थियो ।
यसैगरी २०७५ सालमा गरिव भूमिहीन, सुकुम्बासी र दलित उत्पीडनविरुद्ध कटिबद्ध भई सामाजिक र राजनीतिक आन्दोलनमा सक्रिय अग्नीसाइर कृष्णसवरन गाउँपालिका–३ हरीहरपुर मट्टिगढाका असर्फी सदा तथा २०७६ सालमा आधारभूत तहका जनता र पीडितहरुको न्यायका लागि मानव अधिकार रक्षकहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै अधिकारकर्मी, पत्रकार एवम सामाजिक कार्यकर्ताका रुपमा कलम चलाउन र वकालत गर्न सक्रिय राजविराज नगरपालिका–६ का मनोहरकुमार पोखरेल सम्मानित हुनु भएको थियो ।
राजनीतिक परिवर्तन र सामाजिक न्यायको आन्दोलनमा अविचलित रही योगदान पु¥याउनु हुने खडक नगरपालिका–८ की रुबी कर्णलाई २०७७ सालमा तथा दुई दशकदेखि एकल महिला समूहको नेतृत्वदायी भूमिका निर्वाह गर्दै मानव अधिकार संरक्षण र न्याय प्राप्तिका लागि निरन्तर सक्रिय राजविराज नगरपालिका–७ की अनीता देवकोटालाई २०७८ सालमा सम्मानित गरिएको थियो ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम
सम्बन्धित समाचारहरू
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१८ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरहा गाउपालिका–४ का २९ वर्षीय देवरंजन सदा, २६ वर्षीय रामगेन सदा र २१ वर्षीय रामकिसुन सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १६ गते…