वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् ।
घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय, दमाचौरले जेठ १३ गते नै गिरफ्तार गरेको छ ।
रोजगारीका लागि भारत गएका वली भारतबाट घर फर्किने क्रममा आफ्नै घरमा बसीरहेकी वृद्धालाई मन्दिरमा प्रयोग हुने घण्टले एक्कासी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डीएसपी सुमित खड्काले जानकारी दिनु भएको छ ।
डीएसपी खड्काका अनुसार घटना भएको थाहा पाए लगतै प्रहरी घटनास्थल पुगेर आरोपितलाई गिरफ्तार गरेको हो ।
टाउको र पिठ्युमा चोट लागेर घाइते भएकी वृद्धाको सल्यानको श्रीनगरमा प्रारम्भिक उपचार गरिएको र जेठ १३ गते राति थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । घाइतेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र आरोपित हाल हिरासतमा रहेका प्रहरीले जनाएको छ ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–६ का २७ वर्षीय आइतराज योङहाङलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २०…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ माहानगरपालिका १४ कलङ्कीका २६ वर्षीय सुलभ क्षेत्री र सो घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय प्रिन्स थपलिया र १९ वर्षीय रुस…
कथित बोक्सीको आरोपमा महिलामाथि कुटपिट
धर्मदेवी गाउँपालिका–२ तामाफोकी ३४ वर्षीया महिलालाई कथित बोक्सी आरोपमा कुटपिट गरिएको पीडित पक्षले आरोप लगाएको छ । कथित बोक्सी भन्दै महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी गाउँपालिका–२ का ३७ वर्षीय…
बलात्कार कसुरमा नौ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चक्रघटा गाउँपालिका–६ का ३२ वर्षीय विनोद मुखियालाई जिल्ला अदालत सर्लाहीले असार २० गते नौ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश टेकनाथ गौतमको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २१ गते)
असार २१ गते ७३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…