वृद्धा कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७९ चैत ७ गते

साकेला गाउँपालिका–५ मात्तिम कात्तिकेकी ७९ वर्षीया वृद्धा सीता राईलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीया देउरानी शुभकलालाई गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा जेठानीलाई आरोपितले ०७९ चैत ५ गते निर्घात कुटपिट गरेको पीडितका १८ वर्षीय नाति साइलेस राईले बताए ।

कुटपिटबाट गम्भीर घाइते पीडितलाई उपचारका लागि चैत ६ गते जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

कुटपिटबाट अनुहार र टाउकाको हाडमा गहिरो चोट भएका कारण जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चैत ७ गते काठमाण्डौँ रिफेर गरेको जिल्ला अस्पतालका डाक्टर दीपक परियारले बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि चैत ६ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जील मुकारुङले बताउनु भयो ।

घरायसी विवादका क्रममा आमामाथि निर्घात कुटपिट भएको र आरोपितविरुद्ध चैत ६ गते प्रहरीमा उजुरी दिएको पीडितकी २७ वर्षीया छोरी मञ्जु राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

पीडितको काठमाण्डौँस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

photo 2023327 dhankuta (2)

 


तारानाथ फुयल