वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्कँदा चार जना घाइते
महाबौद्धस्थित वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्कँदा अस्पतालमा भएका चार जना बिरामी कुरुवा घाइते भएका छन् ।
वीर अस्पतालको पुरानो रातो भवनको बरण्डाको बाहिरी पर्खाल भत्कँदा तीन जना महिला र एक जना पुरुष घाइते भएका हुन् ।
छतको पर्खाल खसेर घाइते हुनेमा बिरामी आफन्त कुरेर बसेका बर्दियाकी २५ वर्षीया अंशु चौधरी, सप्तरीकी ४५ वर्षीया श्यामा देवी, धनुषाकी २५ वर्षीया रीना झा चौधरी र गुल्मीका ४५ वर्षीय धर्मेश्वर पन्थी हुन् ।
घाइतेहरू सबैको अवस्था सामान्य रहेको र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार पश्चात डिस्चार्ज भएको ट्रमा सेन्टरका सामाजिक सेवा इकाई प्रमुख ऋतुराज अर्यालले जानकारी दिनुभयो ।
प्रमुख अर्यालका अनुसार अस्पतालको पुरानो भवन जिर्ण भएको र निरन्तर वर्षापछि छतको पर्खाल भत्किएर कुरुवा तथा आगन्तुकहरूलाई ओत लाग्न र बस्न बनाइएको छाना माथि खस्दा इट्टाका टुक्राहरूले छाना प्वाल परेर तल झरेपछि बिरामी कुरुवाहरू घाइते भएका हुन् ।
अस्पतालको भत्किएको पुरानो भवन २०३६ सालमा निर्माण भएको थियो । २०७२ सालको भुकम्पपछि अस्पतालको सुविधासम्पन्न नयाँ भवन बनेपनि जिर्ण रहेको पुरानो भवनको संरचना पनि प्रयोगमा ल्याउँदा दुर्घटनाको जोखिम बढेको हो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…