विस्तृत शान्ति सम्झौताको ११ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाएनन्
तत्कालीन विद्रोही पक्ष नेकपा-माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता भएको ११ वर्षपुग्दा पनि सशस्त्र द्वन्द्वले लगाएको घाउ भने अझै निको नभएको पीडितहरूले गुनासो गरेका छन् ।
१० वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा शान्ति सम्झौता भएदेखि गाउँमा शान्ति आएपनि सशस्त्र द्वन्द्वको सयममा भएका गम्भीर मानव अधिकार उल्लङ्घन घटनाका पीडितले भने अझै न्याय नपाएको गुनासो गरेका हुन् ।
सरकारले राहतको नाममा १० लाख रुपियाँ दिएर आफूहरूलाई थामथुम पार्न खोजेको रोल्पा नपा-६ कोटगाउँकी द्वन्द्वपीडित मेघमाली बुढाले गुनासो गरे । आफूहरूले न्याय पाउनका लागि अझै आश नमारेको समेत उनले बताए ।
विस्तृत शान्ति सम्झौतामा सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई ६ महिना भित्र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गरी पीडितहरूले न्याय दिनु भनिएको छ ।
तर, आठ वर्षढिलो गरी गठन भएका दुवै आयोगले पीडितहरूको उजुरी लिने काम बाहेक अन्य कुनैपनि काम नगरेकाले पीडितहरू थप पीडामा रहेको अधिकारकर्मी खेम बुढाले बताए ।
विस्तृत शान्ति सम्झौतामै द्वन्द्व पीडितलाई न्याय दिलाउनु भनिएकाले आयोग गठन गर्ने मात्र नभई सरकारले आयोगका लागि सम्पूर्ण कानुनी प्रावधान बनाई तत्काल पीडितहरूको उजुरीलाई किनारा लगाउन जरूरी रहेको बुढाले औँल्याए ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…