विष्फोटबाट दुई जना बालक घाइते
हिल्लिहाङ गाउँपालिका-७ स्थित जङ्गलको ओडारमा वैशाख ४ गते विष्फोटक पदार्थ विष्फोट हुँदा स्थानीय १५ वर्षीया लक्ष्मी राई र १७ वर्षीय सुजन राई घाइते भएका छन् ।
बाख्रा चराउन गएको बेला ओडारमा आगो बालेपछि उक्त विष्फोटक पदार्थ विष्फोट भई उनीहरू घाइते भएका हुन् । पेट र गोडामा चोट लागेका घाइतेद्वयको वैशाख ४ गते जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचार गरिएको थियो ।
सो अस्पतालको 'रेफर'पछि पीडितद्वयको उपचार झापा बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा उपचार भइहरेको छ । घटनास्थलमा टिनका टुक्राहरू फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोख्रेलले बताए ।
द्वन्द्वकालमा छाडिएको बम विष्फोट भएको हुन सक्ने आशङ्का गरिएको डिएसपी पोख्रेलले जानकारी दिए । नेपाललाई बारुदी सुरुङ मुक्त घोषणा गरिए पनि अझै द्वन्द्वकालमा छाडिएका विष्फोटक पदार्थ निष्कृय नपारिएका कारण यस्ता घटना दोहोरिने गरेका छन् ।
मङ्गल बेघा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…