विषयगत शिक्षकको अभावमा बहिरा कक्षा सञ्चालनमा समस्या
कर्णाली उच्च मावि अनामनगर जुम्लामा सञ्चालित विशेष शिक्षा अन्तर्गत बहिरा कक्षा सञ्चालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी रूपमा सञ्चालनका लागि विषयगत र तालिम प्राप्त शिक्षकको अभाव भएपछि समस्या भएको हो ।
विद्यालयद्वारा कात्तिक ३० गते आयोजित विशेष शिक्षा प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सहभागी सरोकारवालाहरूले उक्त समस्या बताएका हुन् ।
नेपाल सरकारको अवधारणा अनुसार ०६१ सालदेखि अनामनगरमा बहिरा कक्षा सञ्चालन हुँदै आएको छ । हाल कक्षा १ देखि ७ सम्म साङ्केतिक भाषाका माध्यमद्वारा र कक्षा ८ देखि १० सम्म समाहित कक्षामा राखी अध्ययन अध्यापन कार्य सञ्चालन हुँदै आएकोमा समाहित कक्षामा अध्ययन गर्ने बहिरा विद्यार्थीको शैक्षिक गुणस्तर कायम हुन नसकेपछि समस्या बल्झिएको विद्यालयका प्रद्यानाध्यापक मिनराज शर्माले बताए । सबै कक्षामा जम्मा ३३ जना बहिरा विद्यार्थी रहेकोमा विषयगत शिक्षक अभावमा पाँच जना शिक्षकले सबै विषय अध्यापन गराउनु परेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक शर्माका अनुसार जिल्ला शिक्षा कार्यालयबाट प्रति विद्यार्थी मासिक ३ हजार रुपियाँका दरले हालसम्म ३० जना बराबरको छात्रवृत्ति र साङ्ग्रिला डेभलपमेण्ट एशोसिएसन ललितपुर र आइएनएफ जुम्लासँग सहकार्य गरी आवासीय बहिरा कक्षा सञ्चालन भइरहेको छ ।
विभिन्न चूनौतीसँग सामाना गर्दै विद्यालयले हाल २ जना राहात, १ जना निजी र २ जना साङ्ग्रिला र आइएनएफद्वारा सञ्चालित शिक्षकको भरमा बहिरा कक्षा सञ्चालन गर्नु परेको प्रधानाध्यापक शर्माले बताए । स्रोत साधानको अभावले अन्य जिल्लाबाट पढ्न आएका बहिरा बालबालिकालाई पठनपाठनको व्यवस्था पूर्ण रूपमा मिलाउन नसकिएकाले सरोकारवाला निकायलाई सहयोग गर्न विद्यालयले आग्रह गरेको छ ।
बहिरा कक्षा सञ्चालनका लागि विद्यालयमा कम्प्यूटर, ओड्ने ओछ्याउने कपडा, दराज, र्याक, निर्माणाधिन आवासीय भवनमा कक्षा कोठा व्यवस्थापनका लागि कार्पेट लगायतका सामाग्रीको तत्काल समस्या रहेको शिक्षक देवेन्द्र तिमिल्सिनाले बताए । बहिरा बालबालिकालाई कुनै ठूलो रोग लाग्दा उपचारका लागि बजेटको अभाव रहेकाले उपचारमा छुट गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गर्ने विद्यालयले निर्णय गरेको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…