विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री

  ०८१  असोज १२ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे ।

सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए ।

प्रधानमन्त्री ओलीले जलवायु प्रकोप, भूराजनीतिक प्रतिस्पर्धा र बढ्दो सैन्य खर्चले विश्वलाई अस्थिरतातर्फ धकेल्न सक्नेतर्फ चिन्ता व्यक्त गर्नु भएको छ ।

उहाँले मानव अधिकार, समानुपातिक प्रतिनिधित्व र जोखिममा परेका समुदायमा लागि सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने र संविधानमा समावेशीताको सिद्धान्तलाई व्यवस्था गर्न सफल नेपालले शान्ति र समृद्धिकँ कामलाई प्राथमिकता दिएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गर्नु भयो ।

सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराउनु भयो ।


पार्वती साउद