विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा र्याली तथा कोण सभा कार्यक्रम सम्पन्न
“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिरहाको लहानमा भदौ २४ गते र्याली तथा कोण सभा गरी समपन्न गरिएको छ ।
लहान नगरपालिका, इलाका प्रहरी कार्यालय लहानको आयोजना र इन्सेक सिरहा, ओरेक नेपाल, दलित जनकल्याण युवा कल्ब, समग्र जनउत्थान केन्द्र, मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा, महिला मानवअधिकार रक्षक संजाल, सिएमसि सिबिएम, टिपिओ नेपाल, साना हातहरू, अपाङ्ग पुनर्स्थापना केन्द्र, जीवन ज्योती समाज, साथ साथ सिकाई संजाल, मेची महाकाली बुहारी संयुक्त आवाज लगायतका संघ संस्थाको सहकार्यमा आयोजित र्याली तथा कोण सभा कार्यक्रम सम्पन्न गरीएको छ ।
कोण सभा कार्यक्रममा लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले–“आजका दिन विश्वले नै विश्व आत्महत्या रोकथाम दिवस मनाइ रहेको छ र यो दिवस किन मनाउनु पर्छ भनेर सबैले चिन्तन गर्नु पर्छ” बताउनु भयो । दिनानुदिन आत्महत्याका घटना बढी रहेकोले तिनै तहको सरकारले शिक्षा साथसाथै रोजगार मूलक कार्यक्रम गर्नु पर्ने उपप्रमुख महतोले बताउनु भयो । साथै आत्महत्या रोकथामका लागी तीनै तहकाे सरकारले मनोपरामर्श सेवाकाे व्यवस्था गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । यसै गरी लहान नगरपालिकाकी विज्ञ महेश्वरी चौधरीले लहान नगरपालिकाले मनोपरामर्शकर्ताहरू मार्फत सेवा दिदै आएको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोला कुमार भट्टका अनुसार लड्ने बित्तिक्कै केही हुदैन भनेर लड्ने बित्तिक्कै उठ्न सिक्नु पर्ने बताउनु भयो । नेपालमा ६ हजारदेखि ८ हजारसम्म आत्महत्याको घटना हुने भएकोले परिवारका सदस्यहरूले आत्महत्याको सोच आउन नदिन हामी छौं तिम्रो लागि, समाज छ भन्ने भावनाको विकास गर्नु पर्ने उहाँले बताउनु भयो । आत्महत्याका घटनाहरू न्यूनीकरण गर्न सबैको भूमिका अपरिहार्य भएकोले सबैको हातेमालोले सकारात्मक सन्देस दिदै सचेतना जगाउनु पर्ने पनि डिएसपी भट्टले बताउनु भयो ।
कार्याक्रममा अधिकारकर्मी, संचारकर्मी, प्रहरी, शिक्षक बिधार्थीहरू उपस्थित भएका थिए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…