विश्व आत्महत्या रोकथाम दिवस प्रभातफेरी तथा कोणसभा गरि मनाइयो
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कोशिश नेपाल, ओरेक र टिपिओ नेपाल लगायतका संघ संस्थाहरूको सहकार्यमा आयोजित विश्व आत्महत्या रोकथाम दिवसमा ‘आशा जगाऔं जीवन बचाऔं’ भन्ने मूल नाराकासाथ पोखरामा २०८० भदौ २४ गते प्रभातफेरी कार्यक्रम गरि मनाइएको छ ।
सभागृहबाट निकालिएको प्रभातफेरी जिल्ला समन्वय समिति कास्कीको हलमा गएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभाकी उपसभामुख बिनाकुमारी थापाले आत्महत्या समस्याको समाधान नभएको बताउनुभयो । उहाँले आत्महत्या अशिक्षा, निराशा, जनचेतनाको कमी तथा बेरोजगारीको कारण हुनेगरेको सुनाउनुभयो । आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले समुदायमा सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो । ‘हरेक व्यक्ति अप्ठ्याराेमा हुन सक्छ । त्यो अप्ठ्यारोलाई परिवार र नजिकका मान्छेले बुझ्नु आवश्यक छ,’ उपसभामुख थापा भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख जमुना पौडेलले आत्महत्या घटना न्यूनीकरण गर्नका लागि आध्यात्मिक र अध्ययनशील हुन आवश्यक रहेको बताउनुभयो । जीवनमा दुखमा पनि खुसी हुन सके तथा मानसिक स्वास्थ्यमा ध्यान दिनसके आत्महत्याको रोकथाम गर्न सकिने उहाँको तर्क थियो ।
वरिष्ठ मनोचिकित्सक प्राध्यापक डाक्टर जयबहादुर खत्रीले आफूँले आफैंलाई माया गर्न सिक्नुपर्ने र मानसिक स्वास्थ्यलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि व्यक्तिलाई मानसिक बिरामी भएको लक्षण देखिए तुरुन्त अस्पताल पुर्याउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष डाक्टर निर्मल लामिछानेले दिनप्रतिदिन आत्महत्याका घटना बढ्दै गर्दा आउँदो दिनको अवस्था कस्तो हुने हो भन्दै चिन्त्ता व्यक्त गर्नुभयो । उहाँले आफू मनोचिकित्सक भएर काम गरेको लामो समय हुँदा प्रत्येक वर्ष आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएकाले त्यो डाटा हेर्न छाडेको बताउनुभयो । ‘डाटा हेर्यो डर लाग्छ अवस्था भयावह छ । तर, अवस्था सुधारनुपर्छ । आत्महत्या नै समस्याको समाधान होइन् भन्ने कुरा सबैलाई बुझाउनुपर्छ’ उहाँले बताउनुभयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…