विश्व आत्महत्या रोकथाम दवसको अवसरमा संवाद कार्यक्रम
“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिरहाको सदरमुकाम सिरहामा भदौ २४ गते सरोकारवालाहरूसंग संवाद कार्यक्रम समपन्न भएको छ ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजना र इन्सेक सिरहा, ओरेक नेपाल, मुक्ति नेपाल, दलित जनकल्याण युवा कल्ब, समग्र जनउत्थान केन्द्र, मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा, महिला मानवअधिकार रक्षक संजाल, महिला शसक्तिकरण सामुदायिक संस्था, साना हातहरू, अपाङ्ग पुनर्स्थापना केन्द्र, जीवन ज्योती समाज, साथ साथ सिकाई संजाल, मेची महाकाली बुहारी संयुक्त आवाज लगायतका संघ संस्थाहरूको सहकार्यमा संवाद कार्यक्रममा गरिएको थियो ।
संवाद कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति दिलिप लामाले समन्वय समिति भएपनि पालिकाहरूले हामीसंग समन्वय नगरेको बताउनु भयो । हामीले कार्यक्रम गर्छाै, पालिकालाई पटक पटक मेल मार्फत आत्महत्या रोकथामको लागि केके कार्यक्रमहरू बनाउनु भयो, केके कार्यक्रमहरू गर्नु भयो भनेर रिपोर्ट मागे पनि पालिकाहरूले नपठाएको बताउनु भयो । संघ संस्थाहरू हामी कहाँ समन्वयका लागि आउने गरेपनि पालिकाहरूले हामीसंग समन्वय नगरेको गनासो उपसभापति लामाले गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले आजकाे यस कार्यक्रमले पक्कै पनि आत्महत्या रोकथाममा मद्दत पुग्ने बताउनु भयो । आत्महत्या कि आफनै कारणले कि अरुले दिएको पीडाकाे कारणले हुने भएकोले सबैले चाहे यसकाे रोकथाम हुन सक्ने बताउनु भयो । पालिकाहरू, संघ संस्थाहरू, विद्यालय र राजनितिकर्मीहरूले आफ्नो कार्यक्रममा यसको रोकथामका लागि आशावादी बनाएर केही कुरा मात्र गर्यो भने पनि आत्महत्या रोकथाम हुन सक्ने उहाँले सल्लाह दिनु भयो । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी टेकुनन्द इबा लिम्बुले सिरहामा दैनिक सरदरमा दुई जनाले आत्महत्या गर्ने गरेको जानकारी दिनु भयो । उहाँका अनुसार ०७७।७८ मा १ सय ३५ जना, ०७८।०७९ मा १ सय ९९ जना ०७९।०८० मा १ सय ८६ जना र चालु आवको साउन भदौमा ३१ जनाले आत्महत्या गरेका छन् ।
स्वास्थय कार्यालयका प्रमुख कृष्णदेव यादवले आजको कार्यक्रमले पालिकाहरूलाई आत्महत्या रोकथामको लागि निर्देशिका बनाउन मद्दत पुग्नेछ भन्ने बताउनु भयो । आतमहत्या गर्ने व्यक्ति डिप्रेशनको रोगी हुने र डिप्रेशनको उपचार गरे यो समस्याबाट बच्न सकिन्छ तर हाम्रो समाजमा त्यस्ता व्यत्तिहरूलाई धामी, झाक्री र धार्मीक अनुष्ठान गर्ने गरेको पाइन्छ । डिप्रेशनको उपचारको लागि मनोचिकित्सक आवश्यक पर्न जान्छ । नेपालमा मनोचिकित्सक १ सय भन्दा कम भएको र सिरहामा एक जना पनि नरहेको उहाँले बताउनु भयो । स्वास्थ्य कार्यालयले सिरहाको सबै स्थानीयतहका पारामेडिकललाई तालिम र औषधी दिन निर्देशन दिएको स्वास्थय कार्यालयका प्रमुख यादवले बताउनु भयो ।
कार्यक्रममा सिरहा नगरपालिकाकी उपप्रमुख, भगवानपुर गाउँपालिका, औरही गाउँपालिका, नरहा गाउँपालिका र विष्णुपुर गाउँपालिकाका अध्यक्ष, नवराजपुर, बरियारपट्टी गाउँपालिकाका उपाध्यक्षहरूले पालिकामा आत्महत्या रोकथामको लागि कार्यक्रम, बजेट विनियोजन र मनोपरामर्शकर्ताको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै सहभागि अधिकारकर्मीहरू र संचारकर्मीहरूले सबैको सहकार्यमा आत्महत्या रोकथाम गर्न सकिन्छ भन्ने पालिकाहरूलाई सुझाव दिनु भयो ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…