विश्व आत्महत्या रोकथाम दिवस कार्यक्रम सम्पन्न
“आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा भदौ २४ गते प्रभातफेरी तथा र्याली कार्यक्रम समपन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका को आयोजना र स्वास्थ्य निर्देशनालय मधेस प्रदेश र शिक्षा तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेशको समन्वय र मानवअधिकार रक्षक क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जिल्ला युवा सञ्जाल, युनिसेफ, फियान नेपाल, कायापलट, ओरेक लगायतका संघ संस्थाहरूको सहकार्यमा जनकपुरधाम उपमहानगरपालिकाको जनक चौकदेखि रेल्वे स्टेशनसम्म र्याली कार्यक्रम गरी विश्व आत्महत्या रोकथाम दिवस सम्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको नगर उपप्रमुख किशोरी साहले–“नेपाल जस्तो देशमा भने आर्थिक समस्या पनि आत्महत्याको मुख्य कारण रहेको किनभने ऋण लिएपछि चुक्ता गर्न नसक्नु र साहुको दैनिक किचकिचको त्रासले थुप्रै विपन्न मानिसहरूले आत्महत्या गरेको घटनाहरू धेरै छन्” भन्नु भयो । त्यस्तै, प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेका अनुसार “आत्महत्याको सोच आफूभित्र रहेको एउटा दानवीय सोच हो, जीवनका हरेक खुशी र आँशुलाई सकारात्मक ढङ्गले लिए यो सोच कहिले हाबी नहोला, सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ, असफल व्यक्तिहरूले पनि जुनसुकै मोडमा दोश्रो मौका पाउन सक्छन्” ।
आत्महत्या रोकथामका लागि परामर्श अभियान चलाउनुपर्ने र यसलाई समेटेर नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने खाँचो रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले बताउनु भयो ।
मुख्य गरी मनसिक तनाव, व्यक्तिगत असफलता, किशोर किशोरीमा बढ्दो निराशा, सामाजिक उत्पिडन, असफल प्रेम सम्बन्ध जस्ता कारणले समाजमा आत्महत्या हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपि विश्वराज खड्काले बताउनु भयो ।
“यो जनस्वास्थ्यको प्रमुख समस्या भएको हुँदा बेलैमा उचित परामर्श दिनसके आत्महत्याबाट हुने मृत्युदर रोक्न सकिने” मानसिक रोग विशेषज्ञ डा. पर्बिन झाले बताए । त्यस्तै गरी, आत्महत्यालाई जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा स्वीकार गरेर राज्यले नै रोकथामका लागि देशव्यापी परामर्श अभियान चलाउनुपर्ने र यसलाई समेटेर नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाइरेक्टर तथा डा. रामनरेश पण्डितले बताउनु भयो । साथै सामाजिक, जैविक र वंशाणुगत कारणले आत्महत्या हुने गरेकाले परिवारमा अभिभावक र सन्तानबीच सम्वादको खाँचो रहेको पनि डाइरेक्टर तथा डा. पण्डितले जानकारी दिनु भयो ।
सन्तोषकुमार यादव
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…