विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पतालको प्रसूति अप्रेशन सेवा बन्द
नेपालको संविधान २०७२, ले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।
सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।
तर, जिल्ला अस्पताल फाप्लुमा विशेषज्ञ डाक्टर नहुँदा प्रसूति अप्रेशन सेवा बन्द गरिएको छ ।
जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिएको भए पनि तालिम प्राप्त चिकित्सक नहुँदा ०८० साउन १ गतेदेखि सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताउनु भयो ।
अस्पतालमा १ वर्ष ६ महिनायता कार्यरत एमडीजीपी डाक्टर अजय चौधरी दूधकोशी सामुदायिक अस्पतालमा सरूवा भएसँगै अस्पतालको अप्रेशन सेवा बन्द गरिएको प्रमुख शेर्पाले बताउनु भयोे ।
अस्पतालमा तालिम प्राप्त चिकित्सक नहुँदा जटिल प्रसूति शल्यक्रिया सेवा लिन आएका स्वास्थ्यग्राहीलाई ओखलढुङ्गा तथा काठमाण्डौँ रेफर गर्नु परेको निमित्त प्रमुख शेर्पाले बताउनु भयो ।
सेवा बन्द गरिएयता १५ दिनको अवधिमा तीन जना स्वास्थ्य सेवाग्राहीलाई जिल्ला बाहिर रेफर गरिएको छ ।
एमडीजीपी डाक्टरको व्यवस्थापन गरिदिन आग्रह गर्दे स्वास्थ्य मन्त्रालय र कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयमा पत्र पठाएको प्रमुख सानी शेर्पाले बताउनु भयो ।
पत्रचार गरिएका निकायले चाँडो डाक्टरको व्यवस्था गरिदिए अप्रेशन सेवा सुचारू गर्ने अस्पतालले जनाएको छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…