विवाह गरेको दुई साता नबित्दै कथित बोक्सीको आरोपमा घर निकाला

  ०७३ फागुन २५ गते

गोकर्णेश्वर नगरपालिका-१६ आरुबारीकी उपमा भण्डारीलाई विवाहको दुई साता नबित्दै कथित बेक्सीको अरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेको राससले जनाएको छ ।

फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी भण्डारीलाई परिवारले बोक्सीको आरोपमा परिवारले दाइजो कम ल्याएको निहुँमा कथित बोक्सीको आरोप लगाई घर निकाला गरेको आरोप छ ।

भण्डारी सोही नगरपालिकाको वडा नं १५ बेँसीगाउँमा दिनेश केसीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । भण्डारीले फागुन २५ गते महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिएको असई शुक्र राईले जानकारी दिए ।

केसी सैनिक जनसम्पर्क निर्देशनालयमा उपसेनानी पदमा कार्यरत छन् । “दुवै पक्षलाई राखी आज वृत्त बौद्धमा छलफल गराइयो, छलफलमा दुवै पक्षले कानुनी प्रक्रियामा अघि बढ्ने सहमति जनाएकाले भण्डारीकी सासू राधिका केसीलाई नियन्त्रणमा लिइएको छ । दिनेश सेनामा कार्यरत भएकाले बोलाएका बेला हाजिर हुने शर्तमा छाडिएको छ ।”-राईले भने ।


अनलाइन डेस्क