विवाह गरेको आरोपमा विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएपछि पढ्ने अधिकार खोसियो
सतलिङ्गेश्वर मावि गुन्सीको कक्षा १० मा अध्ययनरत १८ वर्षीया छात्रा, कक्षा ९ मा अध्ययनरत १८ वर्षीय छात्रले कात्तिक १० गते विद्यालय पढ्दा पढ्दै विवाह गरेको भनी विद्यालय प्रशासनले विद्यालय प्रवेशमा रोक लगाएको छ ।
विद्यालयले उनीहरूलाई विद्यालय प्रवेशमा रोक लगाएपछि विद्यार्थीहरूको १५ दिनदेखि पढाइ छुटेको छ । विद्यार्थीको आचरण विपरित विद्यालय उमेरमा नै एउटै विद्यालयका छात्रछात्राले विवाह गरेको भनी सो विद्यालयले उनीहरूलाई विद्यालय प्रवेशका रोक लगाएको विद्यालयका प्रधानाध्यापक एकनाथ चौलागाईँले बताए ।
विद्यालयले विद्यालय प्रवेशमा रोक लगाउँदा आफूहरूको पढ्न पाउने अधिकार खोसिएको पीडित विद्यार्थीहरुको भनाइ रहेको छ । यस विषयमा जिल्ला शिक्षा कार्यालयमा भने कुनै औपचारिक जानकारी नआएको जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले बताए ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…