विवाद मिलाउन आएका प्रहरीद्वारा स्थानीयलाई कुटपिट
झगडा मिलाउन आएका प्रहरीले गोरखा नगरपालिका-११ स्थित अवुँवामा ७१ वर्षीय थमनसिंह बस्नेत र सनकरिया-६, पर्साका ४५ वर्षीय प्रकाश चौधरीलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् ।
गम्भिर घाइते वस्नेतलाई गोरखा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँको टिचिङ अस्प्ताल रिफर गरिएको अस्पतालले जनाएको छ । उनको अनुहारमा चोट लागेको छ । चौधरीलाई प्रहरीले गरेको कुटपिटका कारण कान नसुन्ने भएको स्थानीय गर्तौला वस्नेतले बताएका छन् ।
राति टेलिफोन गर्न घर बाहिर निस्किएर कुरा गरिरहेका थमनसिंह बस्नेतलाई गस्तीमा आएको इन्स्पेक्टर गौतम बोहोरा नेतृत्वको टोलीले कुटपिट गरेपछि विवाद भएको थियो ।
त्यसपछि विवाद मिलाउन आफू घटनास्थल पुगेको भएपनि ब्लग उद्योगमा आफ्नो टोली छिरेर मजदुरलाई कुटपिट गरेको बारे अनभिज्ञ रहेको डिएसपी वीरेन्द्र थापाले बताए ।
घटनामा प्रहरीको तर्फबाट गल्ति भएको एसपी जनकराज पाण्डेयले स्वीकार गरेका छन् । घटनाको विषयमा छानबिन गरी गल्ति गर्ने प्रहरीलाई विभागिय कारबाही गर्ने एसपी पाण्डेयले बताए ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…