विवादित चाँगुनारायणमा पुनः मतदान हुने
स्थानीय तह निर्वाचन-२०७४ अन्तर्गत भक्तपुरको तीन नगरपालिकामा मतगणना जारी रहेको छ भने विवादित चाँगुनारायण नगरपालिकामा पुनः मतदान हुने भएको छ ।
चाँगुनारायण नगरपालिका-६ नं वडा कार्यालय मतदान केन्द्रमा निर्वाचन आयोगले पुनः मतदान गर्ने भएको हो ।
मतदानका क्रममा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह 'मादल' नभएको मतपत्र वितरण गरी २२ जनाले मतदान गरेको विषयमा विवाद चर्किएपछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्न परिपत्र गरेको जनाइएको छ ।
नवलपरासीका लागि तयार पारेको मतपत्र चाँगुनारायणमा वितरण गरेपछि नेपाल मजदूर किसान पार्टीले उक्त २२ मत बदर गर्न माग गर्दै मतगणना गर्न नदिए पछि जेठ १ गते मतगणना हुन सकेको थिएन ।
जेठ १ गते चाँगुनारायण नगरपालिकाको सर्वदलीय संयन्त्रले विवादित विषयलाई टुङ्गो लगाउन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्ने परिपत्र गरेको निर्वाचन अधिकृत रिञ्जा डङ्गोलले जानकारी दिइन् ।
कुन दिन मतदान गर्ने भन्ने बारेमा जेठ २ गते हुने सर्वदलीय छलफलबाट टुङगो लगाइने उनले बताइन् । चाँगुनारायण नगरपालिका-६ को बुथ 'ख' मा कूल ८ सय ७ जना मतदाता रहेका छन् ।
सविना केसी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…