विरोध सभामा प्रहरीको हस्तक्षेप

स्थानीय निकायको निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध सभामा प्रहरीले हस्तेक्षप गरेको छ । वैशाख ७ गते भरतपुरको चौबिसकोठीमा आयोजित कार्यक्रममा निर्वाचन विरोधी भाषण चलिरहँदा प्रहरीले हस्तेक्षप गर्दा झडपसमेत भएको हो ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाले चुनाव बिथोल्ने सम्बोधन गर्दैगर्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीको लाठीचार्जबाट कृष्णप्रसाद पौडेल घाइते भएका छन् ।

प्रहरीले लाठीचार्ज गरेपछि पार्टीका कार्यकर्ताहरूले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । प्रहरीको लाठीचार्ज पश्चात कार्यकताहरूले भरतपुरको त्रिचोकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । झडप पश्चात स्थानीय प्रशासनले सुरक्षा व्यबस्था कडा पारेको छ ।

प्रहरीले चुनाव बिथोल्ने काम गरको भन्दै १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक थापाले बताए ।


दिपेन्द्र अधिकारी