विभेद रहित आलोचनात्मक समाचार लेख्न मन्त्री अधिकारीको आग्रह

लुम्बिनी प्रदेश सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले समाचार लेख्दा विभेद रहित समाचार लेख्न सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभएको छ । मन्त्री अधिकारीले सरकारका सकारात्मक समाचारहरूसँगै सरकारलाई सुझाव सहितका आलोचनात्मक समाचारहरू प्रकाशन गर्दा मार्ग दर्शन हुने बताउनु भयो ।

मन्त्री अधिकारीले पत्रकारहरूले समाजमा पछाडि पारिएका समुदायहरू जसले अहिलेसम्म राज्यको अनुभूति गर्न पाएनन्, त्यस्ता खालका समुदायहरू दलित, महिला, बालबालिका, मधेशी, मुस्लिम, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, अपाङ्गता भएका व्यक्तिहरू र सीमान्तकृत समुदायका आवाजहरूलाई उजार गरेर लेख्न न्यायमा पहुँच पुग्ने भएकोले यस्ता विषयलाई प्राथमिकतामा राखेर खोजी पत्रकारितामा जोड दिन आग्रह गर्नुभयो ।

मन्त्री अधिकारीले पत्रकारहरूले समाचार लेख्दा सत्य र तथ्यमा टेकेर विषय वस्तु उठान गर्न र कसैलाई पनि राजनीतिक विशेष, लिङ्ग विशेषका आधारमा बायस नगर्न सबै महिला पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले पत्रकार महिलाको क्षमता विकास र व्यवसायीकताका लागि आफू सँधै तयार रहको बताउँदै आफूले सँधै महिला तथा बालबालिकाको हितमा रहेर काम गर्ने र नीति, योजना, कार्यक्रम र बजेट निर्माणमा पनि सोही अनुसार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका निमित सचिव शारदा बस्यालले विभिन्न हिसाबले आफ्नो क्षमतालाई मध्यनजर सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गर्दै अहिलेको पत्रकारिता राजनीतिक र सिंहदरवारको वरिपरि घुमिरहेको बताउँदै पत्रकारहरूले समाजमा पछाडि पारिएका वर्ग समुदाय र बहिष्कारमा पारिएका व्यक्तिहरूका सवालहरूलाई प्राथमिकतामा राखेर कलम चलाउन आग्रह गर्नुभयो । बस्याले समाचार सम्प्रेषण गर्दा विश्लेषणात्मक र वाहेस नहुने गरी लैङ्गिकमैत्री, अपाङ्गतामैत्री समाचार लेख्ने र अरुको अधिकारको कुरा गर्नेले आफ्नो क्षमतालाई विकास गरी अब्बल बनेर अगाडि बढ्न सबै महिला पत्रकारलाई अनुरोध गर्दै प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाले आफ्नो क्षमता अभिवृद्धि गर्न समाचार लेखनका लागि आफूलाई अपडेट गर्दै खोजी पत्रकारितामा जोड दिन सबै पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रदिप खनालले प्रदेश सरकारले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गरेर समाजमा पछाडि पारिएका वर्ग, लिङ्ग र समदायका सवालमा रिपोर्टिङ गरेर उनीहरूको न्यायमा पहुँच पुर्‍याउने खालका समाचार लेख्नका लागि प्रदेश सरकारले पत्रकारहरूको यसरी नै क्षमता अभिवृद्धिमा लगानी गर्ने बताउनु भयो ।

Photo22052024Rupandehi


रीमा बिसी