विभिन्न जिल्लामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने अभियान अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पश्चिमाञ्चलका विभिन्न जिल्लाहरूमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको इन्सेक क्षेत्रीय कार्यालय पोखराले जनाएको छ ।

गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीमा सुशासन अभियानका जिल्ला अध्यक्ष श्यामकुमार पाण्डेयको संयोजकत्वमा ११ सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । अभियानका सदस्य सचिवमा इन्सेक प्रतिनिधि टोपलाल अर्याल रहेका छन् । अभियानका सदस्यहरूमा गैरसरकारी संस्था महासङ्घका विष्णु भण्डारी, नागरिक समाजका गुणनिधी शर्मा, मानव अधिकार एलाइन्सका सीता भुसाल, एकल महिला सङ्घका जुना कुँवर, पत्रकार महासङ्घका नवराज भुसाल, मानव अधिकार संरक्षण मञ्चका माधव ज्ञवाली, नियोकका हिरा कुँवर, सृजनशील सामुदायिक विकास केन्द्रका गणेश श्रेष्ठ, जिल्ला बारका भिम न्यौपाने रहेका छन् । जेठ १८ गते बसेको अभियानको पहिलो बैठकले असार १४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न पर्यवेक्षक संस्थाहरूसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार जेठ १८ गते नवलपरासीमा निर्वाचन अनुगमनका लागि स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । नागरिक समाजका अगुवा शम्भुप्रसाद उपाध्यायको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो । इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुली सचिव रहेको समितिमा मानव अधिकार सङ्गठनका कैलाश ठाकुर, पत्रकार महासङ्घका राजकुमार रेशमी मगर, रेडियो परासीका मोहन पौडेल, परिवर्तन विकास मञ्चका रामु बिक, निर्वाचन परिचालन समितिका भावना पराजुली, एमनेष्टी इन्टरनेशनलका विजय जैसवाल र मानव अधिकार एलाइन्सका नारायणप्रसाद अधिकारी रहेका छन् ।

अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार स्थानीय तहको निर्वाचनको स्वतन्त्र र निष्पक्ष अनुगमन र पर्यवेक्षण गर्नको लागि जेठ १८ गते पाँच सदस्यीय अनुगमन समिति गठन गरिएको छ । इन्सेक प्रतिनिधि नारायण भुसालको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकाली, नियोकका शोभाखर पन्थी, गैरसरकारी संस्था महासङ्घ तथा अपाङ्ग महासङ्घका जिल्ला अध्यक्ष फर्सुराम पाण्डे र पत्रकार पार्वता श्रेष्ठ रहेका छन् । नवगठित समितिले निर्वाचनसँग सम्बन्धित विषयमा संयुक्त अनुगमन गर्ने, आचारसंहिताको अनुगमन गरी सम्बन्धित निकायलाई जानकारी गराउने, निर्वाचन पयवेक्षण स्वतन्त्र र निष्पक्ष गर्ने लगायतका निर्णय समेत गरेको छ ।

धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार निर्वाचन पर्यवेक्षणको लागि जेठ १८ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियान जिल्ला स्तरीय समिति गठन गरिएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ, २ नं. प्रदेशका अध्यक्ष अशोक दत्तको संयोजकत्वमा नौ सदस्यीय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको हो ।

स्थानीय तहको दोश्रो चरणको निर्वाचन स्वच्छ, निश्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गराउन नागरिक पहल अन्तर्गत गठित समितिले निर्वाचन अगाडि, निर्वाचनको क्रममा र निर्वाचनपछि गरी तीन अवधिमा निर्वाचन पर्यवेक्षण गरिने बताइएको छ ।

उक्त अभियानको संयोजकमा अशोक दत्त, सचिवमा इन्सेक जिल्ला प्रतिनिधि विनोदकुमार रविदास र सदस्यहरूमा जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष सुरेश यादव, थर्ड एलाइन्सका मानव अधिकार अधिकृत किरण कर्ण, सपोर्ट नेपालका प्रकाश ठाकुर, जिल्ला महिला अधिकार सरोकार समूहका अध्यक्ष उर्मिला यादव, मानव अधिकार संरक्षण मञ्चका दिपेन्द्र दास, थर्ड एलाइन्सका विरेन्द्र कर्ण, महिला मानव अधिकारकर्मी सुधा कर्ण रहेका छन् ।

महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार दोश्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने अभियानमा सहयोग पुर्‍याउने गरी अनुगमन र पर्यवेक्षण गर्ने उद्देश्यले इन्सेक महोत्तरीका प्रतिनिधि अजयकुमार साहकै नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको सदस्य सचिवमा सञ्चारकर्मी तथा सञ्जालका सचिव रञ्जन भण्डारी रहेका छन् । सदस्यहरूमा क्रमशः नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष अजय सिंह, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष लवराजा सिंह, मानव अधिकार संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष मदनकुमार झा, तराई मानव अधिकार रक्षक सञ्जालका सदस्य सविताकुमारी झा, नागरिक समाज सञ्जालका अध्यक्ष राकेशप्रसाद चौधरी, नेपाल बार एशोसिएशनका विक्रु यादव, शान्ति तथा विकासका लागि युवा सञ्जालका प्रतिनिधि सुरेश ठाकुर र रेडियोकर्मी सञ्जालका अध्यक्ष घनश्याम भगत रहेका छन् ।


अनलाइन डेस्क