विभिन्न जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन, रोक्न आग्रह
निर्वाचनको मिति नजिकिएसँगै विभिन्न जिल्लामा राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरेको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् ।
इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार उम्मेदवारहरूले निर्वाचन आचारसंहित विपरीत चुनावी प्रचारप्रसार गरेको विषयमा मानव अधिकार सञ्जाल नेपालगञ्जले ध्यानाकर्षण भएको जनाएको छ ।
निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा लागेका राजनीतिक दललाई अबिलम्व कानुनी दायरामा ल्याउन सञ्जालले सम्बन्धित निकायसमक्ष माग गरेको छ ।
मङ्सिर ६ गते राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा बसेको बैठकले ध्यानाकर्षण जनाउँदै आसन्न प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार, मतदाता, निर्वाचनमा खटिने कर्मचारी, पर्यवेक्षक, मानव अधिकार रक्षक र पत्रकारको सुरक्षाका विषयमा गम्भीर हुन स्थानीय प्रशासनसँग अपिल गरेको छ ।
बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन, राजपा, एकीकृत राप्रपा र स्वतन्त्र उम्मेदवारले नेपालगञ्ज उमनपा बजार क्षेत्रमा आचारसंहिता विपरीत प्रचार सामग्री प्रयोग गरेको पाइएको छ । दलहरूले सार्वजनिक स्थानमा उम्मेदवार र चुनाव चिन्ह अङ्कित रङ्गिन व्यानर र तोरण झुण्ड्याएका छन् ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा महोत्तरीको ग्रामीण वस्तीदेखि शहरसम्म चुनावी महोल तातेको छ ।
चुनावी कार्यक्रममा बालालिकाको प्रयोग समेत गर्दै मुख्य राजनीतिक दलहरूले आचारसंहिता मिचेका छन् । उनीहरूले चुनाव चिन्ह अङ्कित टिसर्ट, टोपी बालबालिकालाई लगाउन लगाएर चुनावी प्रचारप्रसार गर्दै आचारसंहिता उल्लङ्घन गरेका हुन् ।
इन्सेक मोरङ जिल्ला प्रतिनिधि ईन्दिरा भट्टराईका अनुसार आगामी मङ्सिर २१ हुने तय गरिएको प्रनितिधि तथा प्रदेश सभाको निर्वाचनका लागि प्रचारप्रसार गरिरहेका दलहरूले आचारसंहिता उल्लङ्घन गरेका छन् ।
दलहरूले फ्लेक्स ब्यानर, तुल झुण्ड्याउने, माइकिङ गर्ने, अनुमति नलिइकन सवारी साधन चलाउने लगायतका आचारसंहिता विपरीत कार्य गरिरहेको उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले बताए ।
उनका अनुसार यसपटक लोकतान्त्रिक गठबन्धनमा रहेको नेपाली काङ्ग्रेसले आचारसंहिता उलङ्घन गरेको उजुरी धेरै परेको छ ।
ठूलाठूला ब्यानर राखेको, स्वास्थ्य शिविर चलाएको, विजुलीका पोल वितरण गरेको, रतुवामाई र सुनवर्षी नगरपालिकाको गाडीहरू नेपाली काङ्ग्रेसको प्रचारमा लगेको, बाँसको रूख बनाई झण्डा राखेको लगायत उजुरी परेको सञ्जेलले बताए ।
यसैगरी अन्य दलहरूले तुल ब्यानर राखेको, माइकिङ गरेको, अनुमति नलिइकन सवारी साधन प्रयोग गरेर आचारसहिता उल्लङ्घन गरेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत विष्णुमोहन कोईरालाले हालसम्म एक जना उम्मेदवारले पनि सवारी पास नलिएको बताए । जबकी सो क्षेत्रका उम्मेदवारहरूले सवारीसधान प्रयोग गरेर चुनावी अभियान अगाडि बढाइरहेका छन् ।
क्षेत्र नम्बर पाँच मात्र होइन अन्य क्षेत्र क्षेत्रका उम्मेदवारले पनि सवारी अनुमति नलिएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलले सबै दलहरूलाई आचारसंहिता विपरीत राखिएका तुल, ब्यानर हटाउन र सवारी पास लिएर मात्र चलाउन भनिएको बताए । उनले कुनै दलले आचारसंहिता विपरीत तुल, ब्यानर राखेको पाइए हटाउनका लागि प्रहरीलाई अनुरोध गरेको बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड
रङ्गेली नगरपालिका-९ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका-९ फर्साडाँगीस्थित वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा ०८१ कात्तिक २२ गते तोडफोड भएको…
बर्दियामा बलात्कारको घटना बढ्दै
बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२…
लोती नदीमा पुल निर्माण नगर्दा तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता
चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण…
भूकम्प पीडित भन्छन् – 'घर पाउने आशा मरिसक्यो'!
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको क्षति गरेको एक वर्ष बितेपनि दोस्रो किस्ताको रकम पाउँदा विचल्लीमा…
सङ्क्रमणकालीन न्यायिक आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप…