विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइयो

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज सन्धिखर्क नपा-११ को विजय उच्च माविका विद्यार्थी अभिभावक र स्थानीय जनप्रतिनिधिहरू बिच, मानव अधिकार, लैङ्गिक हिंसा र विद्यालय शान्ति क्षेत्रको बारेमा छलफल सम्पन्न भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँची, युसएआइडी, एकीकृत ग्रामीण विकास समाज र विद्यालय शान्ति क्षेत्रको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा सन्धिखर्क नपा-११ का वडाध्यक्ष ध्रुव आचार्यले मानव अधिकारको संरक्षण र सम्बर्द्धन गरे लैङ्गिक हिंसा, र विद्यालय शान्ति क्षेत्रको पूर्ण पालना हुन्छ । विद्यालयलाई शान्ति क्षेत्र र मानव अधिकारमैत्री बनाउन जनप्रतिनिधि प्रतिबद्ध रहेको बताए ।

नेपाल प्रत्रकार महासङ्घका अध्यक्ष हिमबहादुर जिसी लेकालीले मानव अधिकार, लैङ्गिक हिंसा, बालबालिका संरक्षण गरेमा मात्रै सभ्य समाज निर्माण हुने बताए ।

विजय उच्चमाविका प्रअ भूपाल खनालले विद्यालयमा हुने हिंसा र विद्यालयलाई बालमैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताए ।


नारायण भुसाल