विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा गाउँपालिका अध्यक्षको राजीनामा माग
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्तर्गतको जनपरिषद नेपाल जिल्ला समिति प्यूठानले झिमरुक र नौबहिनी गाउँपालिका अध्यक्षलाई पत्रमार्फत राजीनामा दिन धम्की दिएका छन् । गाउँपालिका अध्यक्षको राजीनामा माग गर्दै राजीनामा नदिए जनकारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।
जनपरिषद नेपाल जिल्ला समिति प्यूठानका प्रमुख राजेन्द्र रावत क्षेत्रीद्वारा हस्ताक्षरित उक्त पत्र झिमरुक गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले जेठ १९ गते प्राप्त भएको जानकारी दिए । प्राप्त पत्रको विषयमा जिल्ला प्रशासन कार्यालयलाई जेठ २० गते जानकारी गराएको समेत उनले बताए ।
यसैगरी नौबहिनी गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले आफूलाई पनि धम्कीपूर्ण पत्र आएको जानकारी दिए । उनले राजीनामा कहाँ गएर कसलाई गर्ने भन्ने कुनै उल्लेख नभएको समेत बताए । धम्कीपूर्ण पत्रका विषयमा प्रशासनलाई जानकारी दिइसकिएको उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले जिल्लाका दुई ओटा गाउँपालिकामा पत्र पुगेको जानकारी दिए । उक्त विषयमा बुझ्ने काम भइरहेको प्रजिअ घिमिरेले बताए ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…