विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुई प्रहरी घाइते
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच असार २२ गते गमगढीस्थित कृष्णाचोकमा भएको झडपमा दुई जना प्रहरी घाइते भएका छन् ।
घाइते हुनेमा नेपाल प्रहरीका असई देवेन्द्रसिंह धामी र सशस्त्र प्रहरी हवल्दार सुरन्द्र सिंह रहेका छन् ।
असई धामीको टाउकोमा बाँयातर्फचोट लागेको छ भने हवल्दार धामीको छातिमा चोट लागेको छ । घाइते दुबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । असई धामीको टाउकोमा ६ वटा टाँका लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमकिरण बोगटीले जानकारी दिए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मुगु जिल्ला इञ्जार्च ३९ वर्षीय रङ्गवीर परियार (संगम), जिल्ला सचिवालय सदस्य ३८ वर्षीय गणेशबहादुर सावत (अडिक), सचिवालय सदस्य ३९ वर्षीय धनमान सिंह बुढा र हुम्ला जिल्ला सक्रेटरी ३७ वर्षीय सर्पु रोकायलाई गिरफ्तार गरेको छ ।
गमगढीको कृष्णचोकमा नेपाल नेपाल कम्युनिष्ट पार्टीको सामना परिवार र रारा सांस्कृतिक परिवारले आयोजना गरेको सांस्कृतिक कार्यक्रमसहितको आमसभा प्रहरीले रोक्न खोजेपछि झडप भएको स्थानीयबासीले बताए ।
जिल्ला प्रशासन कार्यालयले कार्यक्रम नगर्न विप्लव नेतृत्वको सो पार्टीको जिल्ला स्तरका नेतालाई मौखिक रूपमा जानकारी दिएको भएपनि सो पार्टीका कार्यकर्ताले सदरमुकाम गमगढीको कृष्णाचोकमा आयोजना गरेको कार्यक्रम रोक्न खोज्दा प्रहरीमाथि सो पार्टीका कार्यकर्ताले ढुङ्गा वर्षाएपछि प्रहरीले भिड नियन्त्रण गर्न एक राउण्ड अश्रुग्यास फायर गरी लाठीचार्ज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भिमकिरण बोगटीले जानकारी दिए ।
प्रहरीले स्वतन्त्ररूपमा सभा र प्रचार प्रसार गर्न पाउने अधिकारमाथि हस्तक्षेप गरी दमन गरेकाले आफना नेतालाई विना शर्त रिहाई गर्नुपर्ने विप्लव समूहका कार्यकर्ताले बताएका छन् ।
प्रशासन कार्यालयले कार्यक्रम नगर्न भनी सो पार्टीका जिल्ला स्तरका नेतालाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
प्रजिअ अधिकारीका अनुसार कार्यक्रम रोक्न गएका सुरक्षाकर्मीमाथि विप्लव समूहका कार्यकर्ताले ढुङ्गा प्रहार गरी घाइते बनाएपछि उनीहरूलाई गिरफ्तार गरिएको हो ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…