विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुईजना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर इन्चार्ज मनहरी गाउँपालिका–७ निर्मलबस्तीका वीरबहादुर घलान (ज्वाला) र उनका सहयोगी वीरबहादुर मुक्तानलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–८ फायरलाइनमा सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका दुवैजनालाई प्रहरीले गिरफ्तार गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रम राणाले बताए ।
तत्कालीन माओवादी जनमुक्ति सेनाका कमान्डर रहेका घलान भिडन्तमा गोली लागेपछि उपचारका क्रममा भारत जाँदा उनलाई भारतीय प्रहरीले अस्पतालबाटै गिरफ्तार गरी लामो समयसम्म थुनामा राखेको थियो ।
२०६४ सालको संविधानसभाको निर्वाचनताका रिहा भएका उनी यसअघि मोहन बैद्य नेतृत्वको माओवादीमा संलग्न गरेका थिए ।
यसअघि मकवानपुर प्रहरीले नेकपाका अन्य तीन जना कार्यकर्तालाई विभिन्न मितिमा गिरफ्तार गरी हिरासतमा राखेको छ ।
जसमा सो पार्टीको युवा सङ्गठनका हेटौँडा नगर इन्चार्ज विराम प्रजा, कार्यकर्ता राजकुमार कुँवर र अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष किरण अर्याल रहेको इन्स्पेक्टर राणाले बताए ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…