विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा जग्गा कब्जा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नुवाकोटको दुई स्थानमा जेठ २६ गते जग्गा कब्जा गरेको घोषणा गरेका छन् ।
विदुर नगरपालिका-२ शेरास्थित शेरा दरबार क्षेत्रमा रहेको १ सय ८१ रोपनी जग्गा र ककनी गाउँपालिकाको ककनीमा रहेको साझा संस्था भवन र उक्त संस्थाको २ रोपनी १ आना जग्गा कब्जा गरेको सो पार्टीले जनाएको छ । जग्गा स्थलमा जग्गा कब्जा गरिनुको कारणसहितको व्यानर टाँगेर यस्तो जानकारी दिइएको हो ।
रानी हेलेन शाहको नाममा रहेको शेरा दरबार र जग्गा हदबन्दी भन्दा बढी भएकाले अन्नपूर्ण फार्मिङको नाममा दर्ता गरी हाल जग्गा दलालहरूले उक्त जग्गा प्लटिङ गरी विक्री गर्ने प्रयास आरम्भ गरेकाले कब्जा गरिएको नेपाल कम्युनिष्ट पार्टी नुवाकोट जनपरिषदका विन्तोश सिलवाल (अशोक) ले इन्सेककर्मीलाई टेलिफोनमा बताए ।
हदबन्दी भन्दा बढीको जग्गा यहीँका स्थानीयले पाउनु पर्ने माग गर्दै जग्गा कब्जा गरिएको जनपरिषदले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 'हदबन्दी भन्दा बढीको जग्गा दलालहरूले विक्री गर्ने चलखेल सुरू भएको छ । यो नागरिकको जग्गा हो । यहीँका नागरिकले उपायोग गर्न पाउनु पर्छ । दलालले होइन ।'-सिलवालले भने ।
ककनीको साझा सेवा संस्थाको भवनको जग्गा सार्वजनिक जग्गामा निर्माण गरिएपछि संस्थाको नाममा लालपुर्जा बनाएकाले उक्त जग्गा पनि कब्जा गरिएको विज्ञप्तिमा जनाइएको छ । साझा सेवा संस्थाले २ रोपनी १ आना जग्गा र भवन विक्रीको लागि टेण्डर आह्वान गरेको छ । भवनको न्यूनतम ५ लाख रुपियाँ र जग्गाको प्रति आना ७ लाख रुपियाँका दरले विक्रीको सूचना निकालेकोले उक्त जग्गा विक्री नगरी सोही भवनबाट सेवा सञ्चालन गरी स्थानीयलाई सेवा प्रदान गर्न माग गर्दै कब्जा गरिएको नेपाल कम्युनिष्ट पार्टी परिषद प्रमुख सिलवालले बताए ।
कब्जा गरेको जग्गा कोही कसैले खरिद गरेमा त्यसपछि आइपर्ने कुनै पनि समस्याको कारण स्वयम् नै हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टी जिल्ला जनपरिषदले चेतावनी दिएको छ ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
समाचार सङ्कलन गर्दै गरेका पत्रकारलाई प्रहरीद्वारा कुटपिट
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थकले कात्तिक २० गते पोखरामा गरेको प्रदर्शनको समाचार सङ्कलन गर्न पुगेका कान्तिपुरकर्मी इन्द्रप्रसाद पौडेल र पब्लिक फोरके टेलिभिजनका राजकुमार माझीलाई प्रहरीले कुटपिट गरेको पीडित पत्रकार…
सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक
सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८१ कात्तिक २० गते विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र अबको बाटो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०८१ कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१७, घर भई हाल गैँडाकोट नगरपालिका–१५, बस्दै आएका ३० वर्षीय सौगात रजाली मगरलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २७…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाँउपालिका-९ आहालेका ३० वर्षीय मनबहादुर राईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ कात्तिक १८ गते बलात्कार गरेको…