विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज वर्दघाट नपा–४ का ४४ वर्षीय गङ्गाप्रसाद ज्ञवालीलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ ।

ज्ञवालीमाथि फागुन ३० गते नेपाल बन्दको क्रममा सरावल गाउँपालिका–१ स्थित बासाबसईमा रोकिराखेको दुई ओटा ट्रकमा आगजनी गरेको आरोपमा मुद्दा लगाइएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।


नारायण पराजुली