विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नवलपरासी पुर्व जिल्ला सदस्य ४६ वर्षीय धनबहादुर मर्दनियालाई प्रहरीले चैत ११ गते घरैबाट गिरफ्तार गरेको छ ।
मर्दनियालाई प्रहरीले कावासोती नपा–१५ शेरगञ्ज स्थित उनकै घरबाट नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।
जिल्लामा भएका विष्फोटन जस्ता विभिन्न घटनामा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएका मर्दनियालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ ।
तिर्थराज डुम्रे
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…