विप्लव नेकपा निकट बुद्धिजीवि परिषद भेरी कर्णाली अध्यक्ष गिरफ्तार

तिलागुफा नपा–६ निवासी विप्लव नेकपा निकट बुद्धिजीवि परिषदका भेरी कर्णाली अध्यक्ष ३२ वर्षीय धनराज शाहीलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले चैत ११ गते गिरफ्तार गरेको छ । गस्तीमा गएको प्रहरी टेलीले खाँडाचक्र नगरपालिका–६ दाहाँबाट शाहीलाई गिरफ्तार गरेको हो ।

जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले जानकारी दिए ।

विप्लव नेकपाका कालिकोट जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपले शाहीसँग देखाइएको विष्फोटक पदार्थ प्रहरीले फसाउनको लागि मात्रै देखाएको आरोप लगाएका छन् ।


कालीबहादुर मल्ल