विप्लव कार्यकर्ताले दुर्व्यवहार गरेको पीडितको आरोप
शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सव–इन्जिनियर २९ वर्षीय पवनकुमार यादवले आफूलाई नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वका कार्यकर्ताले मोसो र जुत्ताको माला लगाएर दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ ।
मास्क लगाएर नचिनिने भएर कार्यालयमा आएका १० जना युवाहरूले माघ १७ गते नाराबाजीसहित आफूलाई हातपात गरेको पीडित यादवले बताउनु भयो ।
सप्तरी स्थायी घर शिक्षा समन्वय इकाइ सोलुखुम्बुमा कार्यरत यादवले महाकुलुङ गाउँपालिकामा रहेका सरकारी विद्यालयको भवन क्रममा भ्रष्टाचार गरेको आरोपमा कारबाही गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शिक्षा समन्वय इकाइको कार्यालय मुख्यद्वारमा प्रेस विज्ञप्ति समेत टाँस गरेर कारबाही गरिनुको कारण उल्लेख गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का संयोजक एकराज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा समन्वय इकाइका सव–इन्जिनियरद्वय पवनकुमार यादव र नविनकुमार सिंहले महाकुलुङ गाउँपालिका क्षेत्रका विद्यालय भवनहरू निर्माण गर्दा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
कारबाही गरिनुका कारणमा महाकुलुङ गाउँपालिकाको कैलाश आधारभूत विद्यालयबाट १ लाख ९० हजार रुपियाँ, पेल्माङ माध्यमिक विद्यालयबाट ५० हजार रुपियाँ, बाखोर र चेपेल आधारभूत विद्यालयबाट ३५-३५ हजार रुपियाँ र खिरौले आधारभूत विद्यालयबाट ७५ हजार रुपियाँ कमिसन लिएको र रकम फिर्ता गर्न आग्रह गरिएपनि अटेर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पीडितले आफूलाई १० जना मास्क लगाएर आएकाहरूले कार्यलयभित्रै मोसो र जुत्ताको माला लगाइ दिएर दुर्व्यहावर गरेको भन्दै माघ १७ गते जिल्ला प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । घटनामा संलग्नहरूको खोजी भइरहेको इन्स्पेक्टर ढकालले बताउनु भयो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले कानुनी कारबाही गर्ने प्रशस्त आधार हुँदा हुँदै हातपात तथा अभद्र व्यवहार गरिनु गलत भएकाले कडाभन्दा कडा कारबाही गरिने बताउनु भयो । सव–इन्जिनियर यादवले समेत कमजोरी गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने सिडिओ शाहीको भनाइ छ ।

भोजराज कार्की
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…