विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा
एक महिनादेखि अवरुद्ध लघुजलविद्युत सेवा सुचारु नहुँदा केदारस्युँ गाउँपालिका–६ का ५ सय घरपरिवारले समस्या झेल्नु परेको छ । केदारस्युँ गाउँपालिका–६ स्थित दोगडेघट्ट लघुजलविद्युुत अवरुद्ध भएको एक महिना वितिसक्दा समेत विद्युत व्यवस्थापन समिति र कर्मचारीहरुले कुनै चासो नदेखाएका कारण आफूहरुले सास्ती खेप्नु परेको स्थानीयहरुको आरोप छ ।
वैशाख महिनादेखि लघुजलविद्युत आयोजनाको विद्युत मेसिन बिग्रिएपछि स्थानीयलाई समस्या भएको हो । विद्युत मेसिन बिग्रिएर विद्युत अवरुद्ध भएपछि विनाडा, त्याडिगाउँ, भाडसैन, उपरगाउँ, गाजरी र सिग्राली टोलका स्थानीयहरु एक महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।
विद्युत सेवा अवरुद्ध हुँदा वडाभित्र सञ्चालित साना तथा मझौला कलकारखाना, कुटानिपिसानी गर्ने मिलसँगै मोबाइल चार्जलगायतका अन्य सबै सेवाहरु प्रभावित भएको स्थानीय धनबहादुर धामीले गुनासो गर्नु भयो । विद्युत मेसिन बिग्रिएको एक महिना वितिसक्दा पनि मर्मत नहुँनुमा विद्युत व्यवस्थापन समिति र कर्मचारीको लापरबाही रहेको समेत धामीकोे भनाइ छ ।
बेलाबेलामा स्थानीय सरकारबाट विद्युत मर्मतका लागि वजेट विनियोजन हुने गरेको र प्रत्येक घरपरिवारबाट विद्युत प्रयोग गरेबापतको विद्युत महसुल मासिक रुपमा उठाउने गरिएको भए पनि विद्युत विग्रिएपछि मर्मतका लागि व्यवस्थापन समितिसँग आर्थिक नहुनु व्यवस्थापन समितिकै लापरबाही रहेको स्थानीय विरबहादुर धामीले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘ विद्युत सेवा अवरुद्ध हुँदा साँझ बिहान घरायसी काम गर्न र बालबालिकाहरुको पढाइमा समेत समस्या भएको छ । इन्टर नेट सेवाबाट पनि वञ्चित हुनुपरेको छ । यसले सूचना आदानप्रदान गर्न नै अप्ठेरो भएको छ । अस्पतालमा भर्ना गरीएका परिवारका सदस्यसँग सम्पर्क नै गर्न समस्या भएको छ ।’
जलविद्युत व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बोहराले गत वर्ष गाउँपालिकाबाट विनियोजित बजेट पहिलेनै मर्मतमा खर्च गरिसकेको र घरधुरीबाट विद्युत महसुल बापतको रकम कर्मचारीको पारिश्रमिकमा खर्च भएकाले हाललाई मर्मत गर्न समस्या भएको बताउनु भयो ।
जलविद्युत मर्मतका लागि गाउँपालिकासँग पहल गरिरहेको भए पनि गाउँपालिकाले सो क्षेत्रमा राष्ट्रिय प्रसारण लाईनको काम गरिरहेकाले अहिले उक्त आयोजनामा वजेट खर्च गर्न नसकिने बताएपछि समस्या भएको केदारस्युँ गाउँपालिका–६ का अध्यक्ष जयबहादुर धामीले बताउनु भयो ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…