विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ ।
विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन बाध्य हुनु परेको नवदुर्गा गाउँपालिका–१ कोटेली र वडा नम्बर ५ चामा गाउँका स्थानीयहरुले गुनासो गर्नु भएको हो ।
अहिले पनि जिल्लाका २० प्रतिशत नागरिकहरुको विद्युत सेवामा पहुँच नभएको तथ्याङ्क नेपाल विद्युत प्राधिकरण, डडेल्धुरा शाखामा तथ्यांक रहेको छ ।
अहिलेसम्म पनि जिल्लाका सात ओटै स्थानीय तहका दुर्गम गाउँहरुमा बिजुली पुग्न सकेको छैन् । कतिपय ठाउँमा विजुलीका पोल पुगे पनि तार तान्न बाँकी रहेको छ ।
नवदुर्गा गाउँपालिका–१ कोटेली र वडा नम्बर ५ चामा गाउँमा पोल भुइँमा छरिएका छन् भने केही पोल पुरिदै गइरहेका छन् ।
चार वर्ष अघि गाउँमा पोल गाडिदा गाउँ झिलिमिलि पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर बसेका गाउँलेहरू टुकी र सल्लाको झोरो बालेर रात बिताउन बाध्य रहेको नवदुर्गा गाउँपालिका–१ का स्थानीय सारदादेवी बुढाऐरले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘यहाँका ग्रामिण भेगमा पोल त पु¥याइएका छन ्। तर, बिजुली नहुँदा स्थानीय अन्धकार मै रुमलिन बाध्य छन् । कतिपयले वैकल्पिक ऊर्जाका रूपमा सोलार जोडे पनि अझै अधिकांश स्थानीय टुकी तथा झोरो बालेर कष्टकर जिवन विताउन बाध्य छन् ।’
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेताहरूबाट बिजुलीको आश्वासन आउने गरे पनि जितेर गइसकेपछि प्रतिवद्धता अनुसार काम नगरि दिदा आफूहरुले सास्ती खेप्नु परेको नवदुर्गा गाउँपालिकाका स्थानीय गणेशबहादुर बुढाऐरले गुनासो गर्नु भयो ।
‘घाम लागेको दिन मात्र सोलार बल्छ । घाम लागेन् भने समस्या हुन्छ । २१ औँ शताब्दीमा समेत झोरो बालेर बस्नु परेको छ,’ भागेश्वर गाउँपालिका–५ सिराडका सुरेन्द्र कामीले दुखेसो पोख्नु भयो ।
विद्युत सेवा नहुँदा बालबालिकाहरुको पठनपाठनमा समेत समस्या हुने गरेको बिकले गुनासो गर्नु भयो ।
बालबालिकाहरु दिउँसाको समयमा विद्यालय जाने गरेको भए पनि राति र विहानको समयमा पढ्न समस्या हुने गरेको स्थानीय शर्भादत्त भट्टले गुनसो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘पहुँचका भारमा विद्युत विस्तारको ठेक्का लिने तर समयमै काम सम्पन्न नगरिने दिने कारणले पनि हामीले दुःख पाएका छौँ । ठेकेदारले तोकिएको समयमा विद्युत लाइन विस्तार र पोल गाड्ने काम नगर्दा विद्युत सेवाबाट वञ्चित हुनु परेको छ ।’
नेपाल विद्युत प्राधिकरण, डडेल्धुरा शाखाका प्रमुख रमेश अवस्थीले तार अभावका कारण विद्युतीकरण गर्न समस्या भएको र यसका लागि पहल भइरहेको बताउनु भयो ।
शेरबहादुर भण्डारी
सम्बन्धित समाचारहरू
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…
लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढदो, गर्भपतन गराउनेमा २० वर्षमुनीका १० प्रतिशत भन्दा बढी
लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेको संख्या बढेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गर्भपतन गराउने मध्ये २० वर्षमुनीका १० प्रतिशत भन्दा बढी रहेका छन् । आर्थिक वर्ष ०७६/०७७ मा…