विद्युत सेवा नपाउँदा स्थानीयहरु समस्यामा
बडीकेदार गाउँपालिकाको केन्द्र भागमा बसोबास गर्दै आएका स्थानीयहरुले हालसम्म पनि विद्युत सेवा पाउन नसकेको गुनासो गर्नु भएको छ ।
बडीकेदार गाउँपालिकाका स्थानीय तेजबहादुर साउदले स्थानीय सरकार स्थापना तथा सञ्चालनमा आएको ६ वर्ष वितिसक्दा समेत गाउँपालिकाको केन्द्रमै विद्युत प्रशारण लाइन् पुग्न नसक्दा आफूलगायत यस क्षेत्रका स्थानीयहरुले सास्ती खेपीरहनु परेको दुखेसो पोख्नु भयो ।
सरकारले लोडसेडिङ्मुक्त राष्ट्र घोषणा गरिसकेको भए पनि जिल्लाको बडीकेदार गाउँपालिका क्षेत्रका स्थानीयहरु विद्युत सेवाबाट वञ्चित हुँदै आएका छन् ।
बडीकेदार गाउँपालिका—१ बिपीनगरस्थित कापडी खोलामा विद्युत गृह निमार्ण गरेको पाँच वर्ष वितिसक्दा समेत हालसम्म यस स्थानीय तहका सबै वडामा विद्युत विस्तार हुन नसकेको बडीकेदार गाउँपालिका—२ का स्थानीय ब्यापारी खडक मौनिले बताउनु भयो ।
उहाँले कृषि क्षेत्रको उर्वरभूमि मानिएको बडीकेदारमा विद्युत सेवा नहुँदा किसानहरुले उत्पान गरेको फलफूल र तरकारीको भण्डारणका लागि तयार गरिएको शीतभण्डारको उपयोग हुन नसकेको बताउनु भयो ।
नेपाल विद्युत प्राधिकरणले बडीकेदार गाउँपालिकामा राष्ट्रिय प्रसारण विद्युत सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको भए पनि हालसम्म विद्युत सेवा विस्तार हुन नसकेको बडीकेदार गाउँपालिका–५का प्रकाश मल्लले गुनासो गर्नु भयो ।
उहाँले विद्युत प्रधिकरणले विजुलीको तार तान्ने र पोल हाल्ने कार्य सुरु गरेको भए पनि गाउँपालिकाको कुनै पनि वडामा हालसम्म पनि विद्युत सेवा सुचारु नगरिएका कारण स्थानीयले सास्ती खेप्नु परेको बताउनु भयो ।
बडीकेदार गाउँपालिकामा विद्युत विस्तारका लागि ३१ करोड ४४ लाख ९४ हजार रुपियाँ लागत लाग्ने विवरण सघीय सरकारलाई पठाएको भए पनि सरकारले यस वर्ष १२ करोड रकम बजेट मात्रै विनियोजन गरेकोले पनि विद्युत विस्तारमा समस्या भएको विद्युत प्राधिकरण दिपायलका प्रमुख राजेन्द्र लालदेवले बताउनु भयो ।
बडीकेदार गाउँपालिका–१ बिपीनगरमा रहेको विद्युत सेवालाई थप प्रभावकारी बनाउँदै गाउँपालिकाको केन्द्रसँगै वडा नम्बर १,२,३,४ र ५ मा विद्युत विस्तार गरिने बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताउनु भयो ।
उहाँले आगामी पाँच वर्ष भित्र गाउँपालिकाका सबै वडाका स्थानीयहरुले विजुलीबत्तीको उपभोग गर्न सकिने स्थिति निर्माण गर्ने प्रतिवद्धता समेत जाहेर गर्नु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कार्यालय मल्लरानी गाउँपालिका — ४ का २४ वर्षीय अनिल नेपालीलाई चैत ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपपितद्वय अनिल नेपाली र…